यसअघि पनि संविधान निर्माणमा नलागेको भन्दै एमाले अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री झलनाथ खनालले समेत झापड खानुभएको थियो ।
काठमाडौं, १९ वैशाख (namaste tanahun)
माओवादी सभासद झक्कु प्रसाद सुवेदीलाई सोमबार साँझ तिनकुने कफी सपका साचालकले झापड हानेका छन् । पार्टीकार्यालय कोटेश्वर पेरिशडांडावाट फर्किंदै गरेका सभासद सुवेदीलाई तिनकुने सुविधानगरमा रहेको कफी पसल साचालकले संविधान कहिले बन्छ भन्दै झापड हानेका हुन् ।सभासद सुवेदीका अनुसार संविधान कहीले बन्छ संविधान वनाउनु पर्दै भन्दै हातपात गरेको र आफुलाई दुई झापड हानेको बताएका छन् । यसअघि पनि संविधान निर्माणमा नलागेको भन्दै एमाले अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री झलनाथ खनालले समेत झापड खानुभएको थियो । साथै एमालेका अर्का एक नेताले पनि धादिङ्गमा झापड खाएका थिए भने माओवादी अध्यक्ष प्रचण्ड झापड खानवाट जोगीएका थिए ।
संविधान निर्माणमा दलहरुको उदासिनता वढेसंगै नागरिकमा दल र नेताहरुप्रति आक्रोस वढेको छ भने झापड हातपातका घटनामा समेत बृद्धि हुन थालेको छ ।
2:14 AM
namaste Tanahun


0 comments:
Post a Comment