वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि सातामा १८ घण्टा लोडसेडिङको घटाउने भएको छ ।हाल सातामा ९८ घण्टा हुँदै आएको लोडसेडिङ भोलीबाट ८० घण्टामा झार्न लागिएको विद्युत प्रधिकरण भार प्रेशण केन्द्रका प्रमुख चिरन्जिवी शर्माले जानकारी दिनुभयो ।
परिर्वतित तालिका अनुसार अब सातामा चार दिन दिनमा दुई पटक गरी ११ घण्टा र तीन दिन १२ घण्टा लोडसेडिङ हुनेछ । यसअघि दैनिक १४ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
0 comments:
Post a Comment