२९ जेठ, काठमाडौं । नेपालका खगेन्द्र थापा मगरको विश्वका सबैभन्दा होचा मानिसको उपाधि गुमेको छ । गिनिज वर्ड रेकर्डसले आइतबार फिलिपिन्सका १८ वर्षीय जुनरे बलाविङलाई विश्वका सबैभन्दा होचा मानिस घोषणा गरेको छ ।
यसअघि उक्त किर्तिमान खगेन्द्रका नाममा थियो । आइतबार १८ वर्ष पुरा गरेका बालाविङको उचाई २३ दशमलव ५ इन्च अथार्त ६० सेन्टिमिटर छ ।
१८ वर्षको उमेरमा खगेन्द्रको उचाई भने २६ दशमलव ४ इन्च अर्थात ६७ सेन्टिमिटर थियो । फिलिपिन्सको सिडानगन शहरमा घर भएका बालाविङ सबै भन्दा होटा मानिस घेषणासँगै उनका आमा बाबु र शहरमा खुसीयाली छाएको बीबीसीले जनाएको छ ।
२ वर्षको उमेरमा विरामी परेका बालाविङ त्यसपछि नबढेको उनका बाबु रेनाल्डोले बताएका छन् । बालाविङको उपचारमा संलग्न स्थानिय डाक्टरले समेत समस्या पत्ता लगाउन नसकेको रेनाल्डोले बताए ।
१८ वर्ष पुगेसँगै विश्वको सबैभन्दा होचा मानिसको उपाधि पाएका बालाविङले सबैसँग बसेर आफ्नो जन्मदिन पनि मनाएका छन् । बालाविङ रेन्नोल्डो परिवारका जेठो छोरा हुन् । तर, उनका अनका भाई बहिनीको उचाई भने समान्य रहेको छ ।
0 comments:
Post a Comment