चैत्र, काठमाडौं । नियमित पृथ्वीको परिक्रमा गर्ने क्रममा शनिबार फागु पूणिर्माका दिन चन्द्रमा पृथ्वीको नजिक पर्ने भएको छ । पृथ्वी नजिक भएपछि गुरुत्वाकर्षका कारण समुन्द्रतटमा आउने ज्वारभाटामा केही वृद्धिबाहेक पूथ्वीमा कुनै विपत्तिजनक घटना नहुने खगोलविद् तथा ज्योतिषविद्को धारणा छ ।
शनिबारको दिन चन्द्रमा पृथ्वीको तीन लाख ५६ हजार ५७७ किलोमिटर मात्रै टाढा हुनेछ । यसबाट भूकम्प, ज्वालामुखी विष्फोटन, सुनामी हुरीबतासजस्ता कुनै किसिमको विपत्ति नहुने तर समुन्द्रमा नियमितभन्दा ज्वारभाटाको उचाई केही वृद्धि हुने नेपाल खगोलीय समाजका संस्थापक सचिव सुरेश भट्टराई बताउनुहुन्छ ।
यसअघि २०४८ माघ ६ गते सोमबार पूणिर्माका दिन बिहान ४:१० मा चन्द्रमा पृथ्वीबाट तीन लाख ५६ हजार ५४८ किलोमिटर टाढा रहेको थियो । त्यसपछि २०६१ पुस २६ गते औँसीका दिन दिउँसो ३:५३ मिनेट जाँदा पनि चन्द्रमा पृथ्वीको तीन लाख ५६ हजार ५७१ किलोमिटर दूरीमा रहेको थियो भने २०६५ मङ्सिर २८ गते राति ३:२३ मिनेटमा पूणिर्मा सुरुभएको चार घण्टा परसरेपछि पृथ्वीको ३ लाख ५६ हजार ५६७ किलोमिटर टाढा चन्द्रमा रहेको थियो ।
यसैगरी, दुई वा दुईभन्दा बढी ग्रह एकै ठाउँमा पर्दा, ती ग्रहहरू एक आपसबाट टाढा वा नजिक हुँदा विशेषगरी जलतत्वमा प्रभाव पर्ने ज्योतिषशास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ् निर्णायक समितिका अध्यक्ष डा माधव भट्टराई बताउनुहुन्छ । यस्तो अवस्थामा चन्द्रमाको प्रभावले लुकेर बसेको जललाई बाहिर ल्याउने, वर्षा गराउने र सूर्यको माध्यमबाट जल शोषण गरी डेढ महिनापछि सुख्खा गराउन सक्ने सम्भावना रहेको उल्लेख गर्दै डा भट्टराई यस किसिमको प्रभाव नेपालमा पनि पर्नसक्ने बताउनुहुन्छ । पृथ्वीको नजिक चन्द्रमा आउने एउटा नियमित प्रक्रिया भएको र त्यस बखत सूर्यास्तपछि चन्द्रमाको आकार केही ठूलो देखिने गर्छ
9:45 AM
namaste Tanahun


0 comments:
Post a Comment