तनहुँ, चैत - एक व्यक्तिले आफ्ना जेठा बाबु तिलकराम खनालको ७२ वर्षपछि गरेका छन्। पैँतीस वर्षका उमेरमा विवाह गरी बर्मा हिँडेका जेठा बाबु तिलकराम घर नफर्किएपछि हिन्दू संस्कारअनुसार कुशलाई दागबत्ती दिई जामुने-२ गुणादीका ६१ वर्षीय नारायणदत्त क्रियामा बसेका हुन्।
विसं १९६० मा जन्मिएका तिलकराम १९९५ सालदेखि परिवारको सम्पर्कमा आएका छैनन्। एक सय सात वर्षको उमेर भइसक्दा पनि जेठाबाबु घर नफर्किएपछि कुशलाई दागबत्ती दिइएको नारायणदत्तले बताए।
उनले आफ्ना जेठा बाबुको सन्तान नभएकाले आफूले हिन्दू संस्कारअनुसार अन्तिम विधि गरेको बताए।
तिलकरामसँग वैवाहिक जीवनमा बाँधिएकी केशीमायाको ९२ वर्षको उमेरमा १४ वर्षअघि मृत्यु भएको थियो। बुधबारदेखि क्रियामा बसेका नारायणदत्त तिलकरामका काइँला भाइ लीलाधरका जेठा छोरा हुन्
4:35 AM
namaste Tanahun


0 comments:
Post a Comment