WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

आज सुपर मुन * डराउनु पर्दैन : वैज्ञानिकहरू

पृथ्वी र चन्द्रमा १९ वर्षयता शनिबार सबैभन्दा नजिक हँुदैछन् । नजिकै आउने भएकाले चन्द्रमा अघिपछिको भन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी चम्किलो -सुपर मुन) देखिनेछ । सुपर मुन औसत दूरीमा भन्दा पृथ्वीबाट ५० हजार किलोमिटर नजिक हुनेछ ।

सुपर मुनका कारण भूकम्प, सुनामीलगायत दैवीप्रकोप हुने विश्वास गरिए पनि त्यसमा सत्यता नहरकेको वैज्ञानिकहरूले बताएका

छन् । जापानमा आएको भूकम्प र सुनामीलाई सुपर देखिन लागेको घटनासँग जोडेर चर्चा गर्न थालिएपछि उनीहरूले यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् ।

'सुपर मुनको असरले समुद्री ज्वार आउनसक्ने भए पनि महाविनाशकारी घटना नै ल्याउँछ भन्नु गलत हो,' त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागका प्रा.डा.उदयराज खनालले

भने । उनका अनुसार सुपर मुनले पृथ्वीको सतह केही सेन्टिमिटरसम्म खिच्न सक्छ जसलाई प्रक्रियालाई अर्थ-टाइड भनिन्छ ।

'सुपर मुनले विनाश मच्चाउने कुरा अवैज्ञानिक हो,' राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा.डा.देवीदत्त पौडेलले भने, 'चन्द्रमा पृथ्वीको निकट आउनु वा टाढा जानु एउटा नियमित खगोलीय प्रक्रिया हो ।'

चन्द्रमाले प्रत्येक साढे २९ दिनमा पृथ्वीलाई एक चक्कर लगाउँछ । यो चक्कर ५ डिग्री झुकेको लाम्चिलो गोलाकारमा

हुन्छ । लाम्चिलो गोलाकार चक्कर लगाउँदा चन्द्रमा कहिले पृथ्वीको नजिक कहिले टाढा पुग्छ । शनिबार यो पृथ्वीबाट २ लाख २१ हजार ५ सय ६७ माइलको दूरीमा हुनेछ । पृथ्वीबाट चन्द्रमाको औसत दूरी २ लाख ३८ हजार ८ सय ५७ माइल छ ।

हरेक खगोलीय पिण्डहरूले एक-अर्कालाई तानिरहेका हुन्छन् । चन्द्रमा र सूर्यले पनि पृथ्वीलाई त्यसरी नै तानिरहेका छन् । चन्द्रमा पृथ्वीको नजिकै आएपछि उसको गुरुत्वाकर्षण क्षमता बढ्न जाने भएकाले पृथ्वीमा हलचल आउन सक्ने भए पनि त्यस्तो हलचलको खासै क्षमता नहुने प्रा.डा.खनालले बताए । 'सुपर मुनको प्रभाव धेरै सामान्य हुन्छ,' नासाको गोडार्ड स्पेस प्लाइट सेन्टरका प्रमुख वैज्ञानिक डा.जेम्स गार्भिनले पनि भनेका छन् । उनका अनुसार यसमा पृथ्वीको सतहमा ठूलो हलचल ज्वारभाटा पैदा गर्न सक्ने क्षमता हँुदैन ।

सुपरमुनका बेला पृथ्वीमा दैवी विपत्ति भएका केही उदाहरण भए पनि वैज्ञानिकहरूले भने कैयन पटक केही नभएको समेत बताएका

छन् । सन् १९३८ मा सुपर मुन आउँदा न्युजिल्यान्डमा चक्रवात आएको थियो । सन् २००५ को इन्डोनेसियामा सुनामी आउनु दुई साताअघि सुपर मुन देखिएको थियो । यस्तै सन् २००४ मा एसियामा सुनामी आएको केही पछि पनि सुपर मुन देखिएको थियो । सन् १९५५, १९७४, १९९२ मा सुपर मुन देखिँदा भने मौसममा सामान्य खरावीमात्र भएको थियो ।

0 comments:

Post a Comment

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor