चैत्र, काठमाडौं । चैत १० गतेदेखि सञ्चालन हुने यस वर्षको एसएलसी (प्रवेशिका) परीक्षालाई मर्यादित बनाउन सरकारले कडा नीति लिएको छ ।
विभिन्न सुरक्षा निकायका उच्चअधिकारीसहितको सहभागितामा शिक्षामन्त्री गङ्गालाल तुलाधरको अध्यक्षतामा शुक्रबार शिक्षा मन्त्रालयमा बसेको ‘एसएलसी परीक्षा वोर्ड’ को बैठकले परीक्षामा कडाई गर्ने निर्णय गरेको हो । विगतका वर्षमा परीक्षामा खुलेआम चिट् चोर्नेलगायतका विकृति देखिएकामा यसपटक त्यस्तो हुन नदिन आवश्यक तयारी भएको मन्त्री तुलाधरले बताउनुभयो । उहाँले चिट चोराउने शिक्षक, कर्मचारी वा सुरक्षाअधिकारीलाई सम्बन्धित ऐनअनुसार कारवाही गरिने र त्यस्तो कार्यमा अभिभावक सम्लग्न भएको पाइए सार्वजनिक अपराधको मुद्दा लगाइने निर्णय भएको जानकारी दिनुभयो । यसका लागि आवश्यक परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सशस्त्र प्रहरीको परिचालन पनि गरिने भएको छ ।
परीक्षालाई मर्यादित बनाउने क्रममा यही चैत ८ गते जिल्ला र स्थानीयस्तरमा सबै सरोकारवालाको सहभागितामा बैठकहरू आयोजना गर्ने निर्णय पनि वोर्डले गरेको छ । यस वर्षको परीक्षामा कुल ४ लाख ९६ हजार २ सय ४३ जना परीक्षार्थी र एकहजार ७२ वटा परीक्षा केन्द्र तोकिएका छन्
9:52 AM
namaste Tanahun


0 comments:
Post a Comment