WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

रंगको पर्व होली आज मनाइँदै

चैत्र, काठमाडौं । रंगको पर्व होली परम्परागतरूपमा विभिन्न रङ र अविर खेली काठमाडौं उपत्यकासहित पहाडि जिल्लाहरुमा शनिबार मनाइँदैछ । आपसी मेलमिलाप र सदभावनाको पर्वको रुपमा लिइने होली पर्व तराईका जिल्लाहरुमा भने भोली मात्र मनाउने गरिन्छ । होलीलाई फागु पर्व पनि भन्ने गरिन्छ ।
काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाहरुमा साथीभाई र आफन्तजन भेला भएर समूह समूहमा होली खेलिरहेका छन् । हिजो पानी परेपछि काठमाडौं उपत्यकाको मौसम चिसो भएकोले होलीप्रेमीहरुलाई भने केही निराश बनाएको छ ।
एकसाता अघि फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठक अगाडी गाडिएको चीरमा पूजाआजा गरेपछि होली पर्व सुरु भएको मानिन्छ । रंगीचंगी झल्लरीबाट सिंगारिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाएपछि होली सम्पन्न हुन्छ । यसैगरी ललितपुरमा गाडिएको चीर आजै बागमतीमा लगेर सेलाउने गरिन्छ ।
दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रम्हाबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको हिन्दू धर्मशास्त्रहरूमा उल्लेख छ । त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा आपसमा रंग र अविर दलेर होली खेल्ने परम्परा चलेको मानिन्छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।
रमाइलोका निम्ति गाँजा, भाङ, जाँड-रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रसायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति बढेको छ । कसैले इच्छाविपरित रंग वा लोला हान्यो भने सार्बजनिक अपराध ऐन अन्तर्गत कारबाही गर्ने प्रहरीले जनाएको छ । होलीको नाममा कसैले जबर्जस्ती रंग वा लोला हानेमा १०० नम्बरमा टेलिफोन गर्न प्रहरीले आग्रह गरेको छ । उजुरी आउनेवित्तिकै पक्राउ गरी कारबाही गरिने प्रहरीले जनाएको छ ।
फागु पर्व नेपाल, भारत, इटाली, श्रीलंका, अमेरिका, इन्डोनेसिया, जापानलगायत देशमा पनि विभिन्न तरिकाले मनाउने गरेको पाइन्छ ।

0 comments:

Post a Comment

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor