WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

पर्यटकलाई लोला हान्नेविरुद्ध प्रहरीको निगरानी

चैत्र, काठमाडौं । नेपाल घुम्न आएका बाह्य पर्यटकहरूलाई फागु पर्वमा जथाभावी लोला हान्ने र दुर्व्यवहार गर्नेहरूमाथि पर्यटक प्रहरीले विशेष निगरानी राख्ने भएको छ ।
सरकारले नेपाल पर्यटन वर्ष २०११ मनाइरहँदा पर्यटकहरूमाझ नकारात्मक सन्देश नजाओस् भन्ने उद्देश्यले काठमाडौंका प्रमुख स्थानहरूमा पर्यटक प्रहरीले निगरानी राख्न लागेको हो ।
दस लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्यसहित शुभारम्भ भएको पर्यटन वर्षमा नेपाल आउने पर्यटकहरूको सङ्ख्यालाई ध्यानमा राख्दै पर्यटक प्रहरी होलीमा २४ घण्टा नै तैनाथ हुने छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन उद्योग महाशाखाका सहसचिव लक्ष्मण भट्टराईले होलीमा पर्यटकहरूको सुरक्षाको लागि प्रहरीलाई विशेष रूपले परिचालन गरिने बताउनुभयो । सहसचिव भट्टराईले वर्तमान परिस्थितिमा पर्यटकहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउन जरुरी भएकोले पर्यटक प्रहरी परिचालनसम्बन्धी विस्तृत योजना भने शुक्रबार तय हुने उहाँले जानकारी दिनुभयो ।
पर्यटन उद्योग महाशाखाअन्तर्गत पर्यटक प्रहरी शाखाका प्रहरी निरीक्षक भरत लामाले आफूहरू स्रोत र साधनले भ्याएसम्म काठमाडौंका प्रमुख स्थानहरूमा पर्यटकको सुरक्षाको लागि तैनाथ हुने बताउनुभयो ।
पर्यटकहरूको चाप बढी हुने काठमाडौंको ठमेल, वसन्तपुर, पशुपति, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका क्षेत्रहरूमा २४ घण्टा नै पर्यटक प्रहरी खटिने उहाँले भन्नुभयो ।

0 comments:

Post a Comment

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor