पोखरा, वैशाख ५- तपाईलाई कन्डम किन्न औषधि पसलसम्म जान लाज लाग्छ? त्यसो हो भने अब चिन्ता नगर्नुस्। इन्टरनेटमा एक क्लिक मात्र गर्नुस्, तपाईको घरसम्मै कन्डम आइपुग्नेछ।
७ महिनाअघि नेपालमा विभिन्न ब्रान्डका कन्डम र चिनियाँ कम्पनीका यौनखेलौना बेच्दै आएको स्विटसेक्रेटले विदेशमा पनि आफ्ना सामग्री पुर्याउने बताएको छ। नेपालमा इन्टरनेटमार्फत यौनसामग्री बेच्ने आफूहरू पहिलो भएको उनले बताए।
ढकालले भारत, साउदी अरब, दुबइजस्ता मुलुकमा बुकिङ भएका यौनसामग्री पठाइसकेको बताए।
ढकालका अनुसार इन्टरनेटबाट सुविधा दिनथालेपछि अहिले विभिन्न ठाउँबाट ग्राहकको माग बढ्दो छ। ‘३० वर्षमाथिका महिला र पुरुष ग्राहकले बुकिङ गर्न थालेका छन्,' उनले भने।
सामानबारे ग्राहकलाई परामर्श दिन बिक्रीकक्षमा महिला र पुरुष कर्मचारी खटेका छन्। महिलाले बुकिङ गरेमा महिला कर्मचारीले परामर्श दिने तथा पुरुषले सम्पर्क गरेमा पुरुषले नै परामर्श दिने ढकालले बताए।
पोखरामा बिक्री कक्ष
स्विटसेक्रेट स्टोरले पोखराको सिर्जनाचोकमा आइतरबारदेखि नयाँ बिक्रीकक्ष संचालनमा ल्याएको छ। काठमाडौंपछि उसले खोलेको यो दोश्रो बिक्रीकक्ष हो। स्विटसेक्रेटले छिट्टै इटहरीमा तेश्रो बिक्रीकक्ष खोल्ने तयारी गरेको छ। स्विटसेक्रेट स्टोरमा अहिले १ सयभन्दा बढी प्रकारका यौनखेलौना किन्न पाइन्छ। चिनियाँ कम्पनीले उत्पादन गरेका यौनखेलौना बेच्दै आएको स्विटसेक्रेटले ७ महिनाअघि काठमाडौंमा पसल खोलेको थियो।
विभिन्न ब्रान्डका कन्डमसहित यौनसन्तुष्टि मेटाउने यौनखेलौना किन्न चाहनेले अब औषधिपसल र डिपार्टमेन्टल स्टोर धाउनु नपर्ने भएको छ। स्विटसेक्रेट स्टोरले तपाईको घरसम्म निःशुल्क यी सामग्री पुर्याइदिन्छ। कम्तीमा २ हजार रुपैयाँको कुनै पनि यौनसामग्री इन्टरनेटमार्फत् किन्ने ग्राहकलाई यी सामग्री घरसम्मै पुर्याउने व्यवस्था गरेको स्विटसेक्रेटका प्रमुख कार्यकारी अधिकृत प्रवीण ढकालले बताए। यौनसामग्री किन्न लजाउने र समय नहुने ग्राहकलाई सुविधा दिन निःशुल्क होमडेलिभरी व्यवस्था गरेको उनले बताए।
‘आफूलाई चाहिने सामग्री इन्टरनेटमार्फत् बुकिङ गरेपछि दिएको स्थानको आधारमा हामी घरसम्मै पुर्याइदिन्छौं,' उनले भने, ‘नजिकको सहरमा आफैं र टाढाका सहरमा कुरियरमार्फत् पठाउँछौ।' मुख्य सहरमा २ दिनभित्र र अन्य ठाउँमा ५ दिनभित्र सामग्री पठाउनसक्ने उनले बताए। ७ महिनाअघि नेपालमा विभिन्न ब्रान्डका कन्डम र चिनियाँ कम्पनीका यौनखेलौना बेच्दै आएको स्विटसेक्रेटले विदेशमा पनि आफ्ना सामग्री पुर्याउने बताएको छ। नेपालमा इन्टरनेटमार्फत यौनसामग्री बेच्ने आफूहरू पहिलो भएको उनले बताए।
ढकालले भारत, साउदी अरब, दुबइजस्ता मुलुकमा बुकिङ भएका यौनसामग्री पठाइसकेको बताए।
ढकालका अनुसार इन्टरनेटबाट सुविधा दिनथालेपछि अहिले विभिन्न ठाउँबाट ग्राहकको माग बढ्दो छ। ‘३० वर्षमाथिका महिला र पुरुष ग्राहकले बुकिङ गर्न थालेका छन्,' उनले भने।
सामानबारे ग्राहकलाई परामर्श दिन बिक्रीकक्षमा महिला र पुरुष कर्मचारी खटेका छन्। महिलाले बुकिङ गरेमा महिला कर्मचारीले परामर्श दिने तथा पुरुषले सम्पर्क गरेमा पुरुषले नै परामर्श दिने ढकालले बताए।
पोखरामा बिक्री कक्ष
स्विटसेक्रेट स्टोरले पोखराको सिर्जनाचोकमा आइतरबारदेखि नयाँ बिक्रीकक्ष संचालनमा ल्याएको छ। काठमाडौंपछि उसले खोलेको यो दोश्रो बिक्रीकक्ष हो। स्विटसेक्रेटले छिट्टै इटहरीमा तेश्रो बिक्रीकक्ष खोल्ने तयारी गरेको छ। स्विटसेक्रेट स्टोरमा अहिले १ सयभन्दा बढी प्रकारका यौनखेलौना किन्न पाइन्छ। चिनियाँ कम्पनीले उत्पादन गरेका यौनखेलौना बेच्दै आएको स्विटसेक्रेटले ७ महिनाअघि काठमाडौंमा पसल खोलेको थियो।
5:22 AM
namaste Tanahun

0 comments:
Post a Comment