काठमाडौं, २ बैशाख
निर्देशक दिबाकर बनर्जीमाथी यौन शोषन गर्न खोजेको आरोप लगाएपछी एक्लिएकी पायल रोहतगीको समर्थनमा मोडलबाट अभिनेत्री बनेकी काश्मीरा शाह अगाडी आएकी छिन्। कश्मीराले बलीवुडका धेरै जसो कलाकारहरू पायलबाट पर भाग्न थालेपछी पायलको समर्थनमा उत्रीएकी छिन्। कश्मीराका अनुसार बलीवुडको बी तथा सी ग्रे़डमा काम गर्नेहरू माथी यस्तो घट्ना घटिरहने कूरा सबैलार्इ थाँहा छ। उनले अगाडी भनिन् 'मलार्इ पायल माथी निकै दुख लागेको छ, किन भने उनले बलिउडमा दिबाकर बनर्जीको करतूतलार्इ सबैको सामु ल्याउन खोज्दा उनलार्इ अन्य कलाकारहरूबाट जून सहयोग दिनुपर्ने हो सो उनले पार्इनन्।
पायलले चलचित्र लव सेक्स और धोखाका निर्देशक दिबाकर बनर्जीमाथी उनलार्इ चलचित्रमा खेलाउनका लागि यौन शोषन गर्न खोजेको आरोप लगाएकी थिर्इन।
उता बलिउडका केही निर्देशकहरू अनुराग कश्यप तथा सुधीर मिश्राले पायलले झुठो आरोप लगाएको भन्दै निर्देशक दिबाकर बनर्जीको पक्षमा उभिएका छन्।
11:46 AM
namaste Tanahun


0 comments:
Post a Comment