सिड्नी । अष्ट्रेलियामा बस्दै आएकी एक नेपाली युवातीले आत्महत्या गरेकी छिन् । अष्ट्रेलियाको राजधानी सिड्नीमा बसेर अध्ययन गर्दै आएकी नेपाली विद्यार्थी लीना चौलागाईंले आत्महत्या गरेकी हुन् ।
सिड्नीस्थित बरुडमा बस्दै आएकी चौलागाई होम्स कलेजमा ब्याचलर्स अफ बिजनेस तेस्रो सेमिष्टरमा अध्ययनरत थिईन । घटना लगत्तैसँगै बस्ने साथिले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।
उनलाई गएको चैत १३ गते साँझ वाथरुममा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला पारिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनको आत्महत्या नै भएको बताइएको छ । उक्त घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले मृतकको ल्यापटप र मोवाइल नियन्त्रणमा लिएको छ ।
मृतकको आजै सिड्नीमा हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । काठमाडौं बुद्धनगर बस्ने बुबा चेतनाथ चौलागाईं (केशव) तथा आमा जेठी चौलागाईंका दुई छोरा छन् भने छोरी उनी एक्ली थिइन ।
7:11 AM
namaste Tanahun



0 comments:
Post a Comment