अध्यक्ष प्रचण्डको प्रतिवेदले संविधान र शान्तिको प्राथमिकताको नाउमा पार्टि सत्ता लिप्सामा लागेको आरोप वैद्यपक्षको छ ।
काठमाडौं, १६ वैशाख (namaste tanahun)
एकीकृत माओवादीको एकसाता देखि राजधानीमा जारी केन्द्रीय समितिको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन पारित गर्दै सकिएको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आज विहान सात बजेदेखि बसेको बैठकले अध्यक्ष प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित गरेको हो । पारित अध्यक्षको प्रतिवेदनमा उपाध्यक्ष मोहन बैद्यले भने नोट अफ डिसेन्ट लेख्नु भएको छ । यसअघि अध्यक्ष दाहालले शान्ति र संविधानलाई केन्द्रमा राखेर नयाँ प्रस्ताव बैठकमा पेश गरेपछि उपाध्यक्ष बैद्य समूह सशंकित हुन पुगेको थियो । उपाध्यक्ष बैद्यको समूहले अध्यक्षको प्रतिवेदनमा असन्तुष्टि जनाउदै फरक प्रस्ताव पेश गरेको थियो । अध्यक्ष प्रचण्डको प्रतिवेदले संविधान र शान्तिको प्राथमिकताको नाउमा पार्टि सत्ता लिप्सामा लागेको आरोप वैद्यपक्षको छ । वैद्यले तत्काल जनविद्रोहमा जानुपर्ने भन्दै वैठकमा भिन्न प्रस्ताव पेश गर्नुभएको थियो । सो बारेमा छलफल गर्न गत बैशाख ९ गतेदेखि माओवादीको केन्द्रिय समिति बैठक राजधानिमा जारि थियो ।
अध्यक्षको प्रतिवेदन संशोधन सहित पारित पछि नेताहरुले पार्टिमा फरक मत रहेपनि अब पार्टि पंक्ति एकभई अगी वढ्ने बताएका छन् । वैद्य पक्षले भने पार्टिमा फरकमत रहेकाले भिन्न मतको कदर गर्दै पार्टिनेतृत्व पंक्तिलाई सचेत गराउँदै अघि वढ्ने बताए ।
11:30 AM
namaste Tanahun


0 comments:
Post a Comment