सरकार असफल भन्नेहरूको हेराइ नै असफल: प्रधानमन्त्री
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री खनालले अपरान्ह १ बजेपछि बालुवाटारमा आयोजना गरिएको चियापानमा बरिष्ठ नेता माधवकुमार नेपाल, नेता केपी ओली र महासचिव इश्वर पोखरेल नै उपस्थीत भएनन् ।
पछिल्लो समयमा खनालको कार्यशैलीप्रति रुष्ट रहेका नेपाल ओली पक्ष आफ्नो असुन्तुष्टि देखाउन चियापान बहिस्कार गरेको बताइएको छ । माओवादीलाई गृहमन्त्रालय नदिन दबाव दिने उदेश्यले बालुवाटार जान खोजेका नेता ओलीलाई त्यहाँ प्रवेश नदिएपछि फर्केका थिए । त्यसपछि ओली बालुवाटार गएका छैनन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले भने पार्टीकै बरिष्ठ नेताहरुले चियापान बहिस्कार गरेको आफुलाई ‘याद नभएको’ बताउनुभो । थापाले भन्नुभयो-कार्यब्यस्तताका कारण नआउनुभएको होला, तर आउँदिन भनेर जानकारी गराउनुभएको थिएन् ।’चियापानमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख सुवाषचन्द्र नेम्वाङ, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा लगायतका शिर्ष नेताहरुको उपस्थीति थियो । कांग्रेस सभापति शुशिल कोइराला र संसदीय दलका नेता रामचन्द्र पौडेल पनि चियापानमा उपस्थीत थिएनन् ।
हेराई नै असफलः खनाल
यसैवीच प्रधानमन्त्री खनालले सरकार असफल भयो भन्नेहरुको हेराईमै असफलता रहेको दावी गर्नुभएको छ । चियापान कार्यक्रममा उपस्थीत खनालले संचारकर्मीसंग कुरा गर्दै यो सरकार शान्ति र संबिधानको मिसनसहित गठन भएकाले मिसन पुरा नभएसम्म सरकार निरन्तर अघि बढ्ने बताउनुभयो ।
प्रधानमन्त्री खनालले पार्टीभित्रका र सत्तारुढ दलसंग सम्बन्धीत समस्या समाधान गरेर ब्यापक एकतामा आधारित सरकारको रुपमा बिकाश गर्दै लैजाने दावी गर्नुभयो ।
11:46 AM
namaste Tanahun


0 comments:
Post a Comment