WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

४९ नेपाली कुबेतको मरुभूमिमा फसे

 काठमाडौं, फागुन ६- कुबेतको सुबियास्थित रिजनल गेट निर्माण कम्पनीमा सवारी चालकका रूपमा कार्यरत ५९ जना नेपाली अलपत्र परेका छन्। नेपालका विभिन्न म्यानपावर कम्पनीबाट गएका उनीहरूलाई एक साताअघि मध्यरातमा जबर्जस्ती बसमा राखी मरुभूमिबीचमा ल्याएर छाडिएको छ। 'एक साता भयो, हामीलाई यहाँ जबर्जस्ती छाडिएको,' मोरङ इटहरा-६ का होमनाथ पोखरेल, २५, ले कुवेतको मिन अल्लाहबाट नागरिकसँग टेलिफोनमा भने, 'मरुभूमिको बिचमा केही नभएको घरमा छाडिदिएका छन्। न पानी पाइन्छ, न खानेकुरा नै।'
अलपत्र पर्ने सबै दुईदेखि सात महिनाअघि भिजिट भिसा (१४ नम्बर भिसा) मा कुबेत पुगेका थिए। लामो समय गैर कानुनी रूपमा कम्पनीले भिजिट भिसामै काम गर्न लगाएपछि उनीहरूले वर्किङ भिसा र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन दवाब दिएका थिए।
'बिनालाइसेन्स गाडी चलाउँदा कुनै पनि बेला हामीलाई यहाँको प्रहरीले पक्रन सक्थ्यो। यसरी गाडी चलाउँदा दुर्घटना भए हामीले बिमा रकम समेत पाउँदैनौं,' भिसा र लाइसेन्स बनाउन दवाब दिनुको कारण पोखरेलले बताए।
'वर्किङ भिसा, सवारी चालक अनुमतिपत्र केही मिल्दैन। तिमीहरू काम गरे गर, नगरे नगर भन्दै हामीलाई फागुन २९ गते बसमा राखी यस्तो ठाउँमा छाडेर गए,' पोखरेलले भने, 'भिजिट भिसामा काम गर्न नै मिल्दैन तर हामीलाई यही भिसामा यत्रो महिना काम लगाइएको थियो।'
एक सातादेखि चिसो भुईंमा रात बिताउँदै आएका उनीहरूले बिहान एउटा रोटी र बेलुकीमात्र खाना दिइएको बताए। पोखरेलका अनुसार उनीहरूलाई त्यहाँ ल्याएपछि कम्पनीका मान्छे भेट्न आएका छैनन् भने त्यहाँ रहेका केही नेपाली संघसंस्थाले एक छाक खानेकुरा उपलब्ध गराएका छन्।
'यहाँ बत्ती, खानेपानी, ग्यास केही छैन,' अलपत्र परेका दोलखा जुङ्गुका नवराज बस्नेतले भने, 'बस्ती भएको ठाउँमा पुग्न झण्डै २ घण्टा मरुभूमिको बाटो छिचोल्नुपर्छ।'
बस्नेतका अनुसार उनीहरूलाई कुबेतको भिसा झिकाउने एजेन्ट चितवनका रामचन्द्र सुवेदीकै अगाडि कम्पनीले गलहल्याएर बसमा हालेको थियो। विवाद बढेपछि नेपाली कामदारले एजेन्ट सुवेदीलाई कम्पनीमै डाकेका थिए। कम्पनीले बसमा चढाई मिन अल्लाह ल्याई छाडेपछि नेपाल नफर्कन्जेल खानेबस्ने सम्पूर्ण व्यवस्था मिलाउने आश्वासन दिएर फुत्केका सुवेदी पनि सम्पर्कमा छैनन्।
एजेन्टले पनि धोका दिएपछि उनीहरूमध्ये केही समस्या सुनाउन कुबेतस्थित नेपाली दूतवास पुगेको थिए। दुई दिनसम्म आफ्ना गुनासो सुनाउँदा पनि दूतावासबाट कुनै सुनुवाइ नभएपछि उनीहरू निरास भएर फर्केका थिए। 'दुतावासले हुन्छ हामी उद्धार गछौं भन्छ, अहिलेसम्म केही गरेको छैन,' अलपत्र परेका हेटौंडाका हिरा थापाले भने।
काठमाडौं रहेका डिलक्स म्यानपावर, फ्युचर स्टार म्यानपावर, युथ म्यानपावर, केएसए म्यानपावर, भिक्टोर ओभरसिजलगायतका म्यानपावर कम्पनीबाट गएका उनीहरूलाई कम्पनीले पछिल्लो महिना तलबसमेत नदिएको गुनासो उनीहरूको थियो।

कुबेतमा अलपत्र परेकाहरू :
१. होमनाथ पोखरेल इटहरा-६, मोरङ
२. हिरा थापा हेटौडा
३. सरो तामाङ ठूलोपाखर- २, सिन्धुपाल्चोक
४. असीम तामाङ सितापाइला, काठमाडौं
५. जनककुमार श्रेष्ठ खरिढुंगा, दोलखा
६. सन्तोष तामाङ माईस्थान, महोत्तरी
७. शिवराज चापागाइ -
८. नगेन्द्रप्रसाद काफ्ले दमक, झापा
९. गोवीन्द तिवारी चाउथे, पोखरा
१०. प्रमोद कोइराला चितवन
११. मनरथ न्यौपाने इटहरा-६, मोरङ
१२. कनक वहादुर गोले पनौती, काभ्रे
१३. मानकुमार श्रेष्ठ नवलपरासी
१४. निलकन्ठ भट्टराई जाँते- ९, मोरङ
१५. ओमबहादुर भण्डारी दुलारी- ५, मोरङ
१६. कृष्णप्रसाद नेम्वाङ झापा
१७. आधाङ नेम्वाङ झापा
१८. बुद्धिहाङ लिङ्देल झापा
१९. नरेश श्रेष्ठ काभ्रे
२०. जङवहादुर खान स्याङ्जा
२१. पूर्णसिंह गुरुङ लम्जुङ
२२. जीवन मल्ल नवलपरासी
२३. वलराम राई धनकुटा
२४. निराजन श्रेष्ठ काठमाडौं
२५. मोहन प्रधान इटहरी
२६. अशोक इटानी चितवन
२७. गोपाल श्रेष्ठ काभ्रे
२८. राजेन्द्र भण्डारी नवलपरासी
२९. बुद्धिनाथ ढकाल दमक
३०. नवराज बस्नेत दोलखा
३१. फडिन्द्र खत्री उदयपुर
३२. रामहरइ आङ -
३३. मिलन तामाङ धादिङ
३४. याम वहादुर खवास धरान
३५. पासाङ् दिङ शेर्पा सोलुखुम्बु
३६. सुवीन्द्र धिमाल मोरङ
३७. रामप्रसाद पोखरेल मोरङ
३८. दिलवहादुर विश्वकर्मा दाङ
३९. लम्बी घिसिङ मोरङ
४०. मिनबहादुर वाईबा रामेछाप
४१. रामबहादुर ढकाल धादिङ
४२. पविन्द्र थिङ सिन्धुली
४३. रामशरण आचार्य नुवाकोट
४४. विदयक कुमार लामा रामेछाप
४५. रमेश विश्वकर्मा -
४६. पासाङ खेत्र संखुवासभा
४७. शरण लाल सिन्धुली
४८. पेमा लामा काभ्रे
४९. आसमान मोक्तान सिन्धुपाल्चोक
५०. ठूले तामाङ सिन्धुपाल्चोक
५१. मनीकुमार श्रेष्ठ काभ्रे
५२. मिठुकाजी तामाङ काभ्रे
५३. टेकबहादुर लामा काभ्रे
५४. दिल्पु लामा काभ्रे
५५. लावाङ लामा काभ्रे
५६. मेघनाथ पण्डित चितवन
५७. कृष्णबहादुर कार्की चितवन
५८. मदन ताम्राकार भक्तपुर
५९. अमित खड्का सिन्धुली

0 comments:

Post a Comment

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor