WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

सडक विस्तार गर्न बजेट माग

पोखरा, (नेस), जिल्ला विकास समिति कास्कीले कास्की हेमजा गाविसको फेदीदेखि तनहँुको सीमा कोत्रेसम्म छ लेनको सडक निर्माण गर्न सरकारसित माग गरेको छ। छ लेनको सडकले यातायात सहज हुने विश्वास समेत जिविसले लिएको छ।

छ लेनको सडक निर्माणसँगै जिविसले पोखरा चक्रपथ निर्माणको लागि आवश्यक बजेट विनियोजनको लागि सरकार समक्ष आग्रह गरेको छ। जिविसको १९ औं जिल्ला परिषदले भने चक्रपथ निर्माणको लागि आवश्यक बजेट विनियोजन गरिएको छैन्।
पोखरामा सवारी साधन थपिने क्रमले भैरहेका सडकहरु साँघुरो बन्दै गएका छन्। मुख्य शहरी क्षेत्रमा गुड्ने सवारी साधनले राजमार्गहुदैं पोखराबाट बाहिरिने सवारी साधनले घण्टौंसम्म जाम गर्ने समस्याले जिविसले पोखरामा चक्रपथ निर्माण अनिर्वाय भएको ठहर गरेको छ। चक्रपथ निर्माण अत्यावश्यक बनिसकेको छ। स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदीले भन्नुभयो-चक्रपथ बनाउने मेगा प्रोजेक्टको लागि सरकार समक्ष अनुरोध गर्नुको अर्को विकल्प छैन्।

भूपी शेरचन राजमार्ग अन्तर्गतको फेदीदेखि पृथ्वीराजमार्ग अन्तर्गतको कोत्रेसम्मको झण्डै ३५ किलोमिटर सडकलाई छ लेन बनाईए राजमार्गमा हुने ट्राफिक समस्या समेत हल हुने विश्वास जिविसले गरेको छ। जिविसले सडक पुर्वाधारको लागि ४९ करोड ७२ लाख ५० हजार रुपियाँ विनियोजन गरेको छ। तर छ लेनको सडक र चक्रपथको लागि भने बजेट छुट्टयाएको छैन्।

समितिले यसै आर्थिक वर्षमा सडक निर्माण लगायत विभिन्न कार्यक्रमको लागि दुईअर्ब ६२ करोड २० लाख रुपियाँ खर्च गरिसकेको छ। जिविसले आउँदो आर्थिक वर्षको लागि दशकिलोमिटर सडक कालोपत्रे गर्ने दुईसय किलोमिटर सडकलाई स्तरोन्नति सोही अनुपातको सडकलाई नियमित गर्ने र दुईवटा मोटरेवल पुल निर्माण एउटा कजवे र दुईवटा कलर्भट निर्माण गर्ने लक्ष्य अगाडि सारेको छ।

0 comments:

Post a Comment

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor