
3:56 AM

namaste Tanahun
No comments
दमौली, चैत । तनहुँ लमजुङ र गोरखा जिल्लाका किसानलाई समेट्ने गरी व्यास-३ रानीगाउँ नजिकै दुग्ध प्रशोधन कारखाना बन्ने भएको छ । रु ६१ लाखको लागतमा दुईतले पक्की भवन निर्माण गरिने तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले बताउनुभयो ।
कोल्डस्टोर स्टोर कार्यालय र समीक्षा हल रहने गरी दुग्ध प्रशोधन कारखाना बनाउने तयारी भएको जानकारी उहाँले दिनुभयो । उद्योग निर्माणका लागि कृषि तथा सहकारी मन्त्रालयले सहकारी सदृढीकरण कार्यक्रमअन्तर्गत यस वर्ष रु २५ लाख उपलब्ध गराएको बताइएको छ । तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले बसे्रनि दूध तथा दुग्धजन्य पदार्थको बिक्री वितरणबाट रु तीन करोडको कारोबार गर्दै आएको छ
तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-
0 comments:
Post a Comment