तनहुँको मिलुङ गाउँ विकास समिति-२ रतनपुरमा स्थानीय बासिन्दाले श्रमदानमा पाटी निर्माण गरेका छन् । एक लाख ५० हजार रूपैयाँबराबरको श्रमदानबाट उक्त पाटी निर्माण गरिएको समाजसेवी गोबिन्द ढकालले बताउनुभयो । पाटी निर्माण भएपछि गर्मीमा शीतल, घाम र पानीका बेला ओत लाग्ने थलो बनेको उहाँले जानकारी दिनुभयो । रतनपुरका बासिन्दाको दिनरात खटेर पाटी निर्माण गरेको बताइएको छ ।
10:04 PM
namaste Tanahun


0 comments:
Post a Comment