WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

जापान: ,वृद्धहरुको विजोग

HOW SARROW:"great sympathy form side of all tanahun people and NAMASTE TANAHUN(family)
जापानको भुकम्प पीडित वृद्धहरु उत्तरी जापानको केसनुमा स्थित सेल्टरमा।

विषादी न्यूनीकरण गर्न आइपिएम कृषक पाठशाला


२ चैत्र, तनहुँ । जिल्लामा विषादीरहित तरकारी उत्पादन गर्न छ वटा आइपिएम कृषक पाठशाला सञ्चालन गरिएको छ । तनहुँ आइपिएम कृषक एसोसिएसनको सहयोगमा आँबुखैरेनी गाविस वडा नं १ र २ मा एक हजार ७०० आइपिएम कृषक पाठशाला, बरादी आइपिएम कृषक पाठशाला, क्यामिन बर्लाची आइपिएम कृषक पाठशाला, शिवालय आइपिएम कृषक पाठशाला, छाङ गाविसको मनोहरी आइसपएम कृषक पाठशाला र छिम्लेश्वारा आइपिएम कृषक पाठशाला छन् ।
जिल्लाका कृषकलाई विषादीरहित तरकारी उत्पादनका लागि प्रोत्साहन गर्न प्रविधि, रासायनिक मल, वर्णसङ्कट जातका बीउ, कीराका विषादीहरू सहयोग गर्दै आइरहेकाको तनहुँ आइपिएम कृषक एसोसिएसनकी अध्यक्ष एवम् सहजकर्ता लक्ष्मी वाग्लेले जानकारी दिनुभयो ।
उक्त प्राविधिकद्वारा गरिएको तरकारीखेतीबाट करिब २०० कृषक प्रत्यक्षरूपमा लाभान्वित भएको उहाँले बताउनुभयो । जिल्लाको रिसिङ, दुलेगौडा, ढोरफिर्दीलगायतका ३५ गाविसमा आइपिएम पाठशाला सञ्चालन गरिसकिएको जानकारी दिँदै उहाँले उक्त अभियान प्रभावकारी बन्दै गएको बताउनुभयो ।
उहाँका अनुसार प्रत्येक समूहलाई रु छ हजार बराबरको बीउवीजन, रासायनिक मल, विषादी प्रदान गरिएको छ । प्रत्येक कृषकले कम्तिमा तीन रोपनी क्षेत्रफलमा तरकारीखेती गुर्नुपर्ने प्रावधान राखिएको अध्यक्ष वाग्लेले जानकारी दिनुभयो । यसरी उत्पादन गरिएको तरकारी कृषक स्वयम्ले बिक्री गरी आम्दानी लिन सक्ने बताइएको छ

तनहूँ:राजनीतिक हस्तक्षेपले व्यवसायी संकटमा :

, तनहूँ, चैत  - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले उद्योग कल-कारखानामा राजनीतिक हस्तक्षेप बढेकाले व्यवसायीहरु मर्कामा परेको बताएका छन्। राजनैतिक दलले आर्थिक क्रान्तिको नारा उठाएपनि मजदुरको नाममा राजनीति गर्ने दलका कार्यकर्ताहरुबाट अप्ठ्यारो र असहज परिस्थिति उत्पन्न भएको भन्दै उनले वर्तमान परिस्थितीमा देशमा आर्थिक क्रान्ति असम्भव भएको समेत बताए।
तनहुँ उद्योग वाणिज्य संघको २५ औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै जोशीले सोमबार राजनीतिक दलहरुको मजदुरलाई उचालेकै कारण व्यवसायीको लगानी धरापमा परेको बताए। उनले भने, 'लगानी धरापमा परेपनि व्यवसायी अझै निरास भएका छैनन्।'
दलको उक्साहटमा आएर मजदुरहरुले व्यवसायीको क्षमता भन्दा बढी पारिश्रमिक माग्ने गरेको भन्दै उनले मजदुरहरु उद्योगी व्यपारीको बशमा भन्दा दलको बशमा भर परेको बताए। 'हाम्रै पैसा लिएका मजदुरहरु हाम्रो बशमा छैनन, हाम्रो भरमा छैनन्।' उनले भने, 'कसैको भर्ती केन्द्र हो भने उनीहरुलाई किन पैसा दिने?' उद्योग कलकारखानामा कार्यरत मजदुरहरुलाई काम नगरी आन्दोलनमा जानका लागि व्यवसायीले लगानी गर्नुपरेको उनको भनाई थियो।
नेपाली जनताहरु सधै चुप लागेर राजनीतिक दलको खेललाई मात्र निहालिरहेकाले देशमा यस्तो अवस्था सृजना भएको उनले बताए। 'भारतमा प्याजमा एक रुपैया भाउ बढे सरकारले राजीनामा दिन्छ।' उनले भने, 'तर हामी चुप लागेर बस्छौ।' देशमा लगानी मैत्री वातावरण कहिल्य सृजना नभएको भन्दै उनले राजनीतिक दललाई तताउन जनताहरु चलाएमान हुन जरुरी रहेको बताए।
'संविधानमा पनि हामी व्यापारीको लगानी छ।' उनले भने, 'संविधान बन्ने वा नबन्नेमा पनि हामी चिन्तित छौ, अहिलेसम्म प्रतिफल पाउन सकेका छैनौ।' राजनीति मुक्त उद्योग कारखाना पश्चात मात्र व्यवसाय गर्ने वातावरण सृजना हुने भन्दै उनले राजनीति भित्र उद्योग व्यवसाय संचालन गर्न नसकिने धारणा व्यक्त गरे। आर्थिक उन्नती र आर्थिक लगानी पश्च्ाात मात्र आर्थिक क्रान्ति सम्भव भएको भन्दै उनले गरिबी, बेरोजगारी बढाएर देशमा आर्थिक क्रान्ति नहुने धारणा व्यक्त गरे।
'शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आर्थिक क्रान्ति अपरिहार्य छ।' जोशीले भने, 'यहाँ आर्थिक क्रान्तिको सट्टा राजनीतिक क्रान्ति चलेको छ।' राज्यले जनतालाई पुर्‍याउनु पर्ने सामान्य हक अधिकार समेत पुर्‍याउन नसकेको भन्दै जोशीले जनताहरु राज्यको भरमा नभई देउताको भरमा बाच्नु परेको बताए। 'केन्द्रिय कारागारमा गएर कसैले भित्रै गोली हान्न सक्छ।' उनले भने, 'आम नेपाली जसरी बाँचेका छन्, भगवानको देन हो।'
उद्योग बन्द गर्ने
हेटौडाका बन्द उद्योगको विषयमा उद्योगी र मजदुर विच वार्ता हुन नसके वार्ताको जिम्मेबार मजदुरहरुनै हुने भन्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले मजदुरहरुले उद्योग बन्द गरेमा उद्योगी व्यवसायीले हेटौडाका मात्र नभई देशभरका उद्योग व्यवसाय बन्द गर्ने चेतावनी दिए।

राजतन्त्रबारे निर्णय गर्न जनतालाई दिनुपर्छः ज्ञानेन्द्र

पछुतो छैन, जनतालाई कुरा बुझाउन सकिन'






 १९ चैत्र, काठमाडौं । मुलुकमा राजतन्त्र घोषणा भएको तीन बर्षपछि पूर्व राजा ज्ञानेन्द्र शाहले राजतन्त्रबारे जनतालाई निर्णय गर्न दिनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंको सोल्टी होटलमा आफ्ना ब्यवसायिक साझेदार प्रभाकर शमशेर राणाका नातीको पास्नीमा सहभागी पूर्वराजा शाहले उपस्थित केही सञ्चारकर्मीहरुसँग अनौपचारिक कुराकानीमा गरे ।
राजतन्त्र समाप्त भएको तीन बर्षपछि पनि अझै राजतन्त्रबारे निर्णयको कुरा उठाएपछि सञ्चारकर्मीहरूले अझै पनि राजाका रुपमा फिर्ता हुने सम्भावना देख्नुहुन्छ भन्ने जिज्ञासा राखेका थिए । शाहले राजतन्त्रका बारेमा जनताले निर्णय गर्ने भन्दै त्यस्ता विषयमा आफूले बोल्नु काल्पनिक हुने बताए । ‘जनता सर्वोच्च न्यायाधीश हुन्’ उनले भने-’राष्ट्र र जनताका लागि दीर्घकालिन प्रभाव पार्ने विषयमा निर्णय गर्नका लागि जनतालाई नै निष्पक्ष र स्वतन्त्र अवसर दिनुपर्छ ।’ जनताबाट चुनिएका संबिधानसभा सदस्यले नभई जनमतसंग्रहका आधारमा राजतन्त्रको निर्णय हुनुपर्ने मत राख्दै आएका पूर्वराजाले जनतालाई प्रत्यक्ष र स्वतन्त्र अबसर नदिइएकाले संबिधानसभाको निर्णयमा आफु असन्तुष्ट रहेको संकेत गरे ।
आफूले सधै राष्ट्रको हितलाई सर्वोपरी राख्दै जनताको निर्णयको सम्मान गरेको भन्दै उनले भविष्यमा पनि त्यस विपरित नजाने बताए । उनले आफू पनि यो देशको नागरिक भएकोले आफ्नो विचार, चिन्ता र चासो आम नेपाली नागरिकको भन्दा फरक नभएको दावी गरे ।
पूर्वराजा शाहले नागरिकका रुपमा आफू मुलुकको अवस्थाप्रति चिन्तित रहेको भन्दै अहिले देश इतिहासको सबैभन्दा कठिन घडीबाट गुजि्ररहेको कुरा कसैबाट नछिपेको बताए । इतिहासको महान आवश्यकतामा आफ्नो जिम्मेबारी पुरा गर्न कसैले पनि लाज मान्न नहुने उनको भनाई थियो ।
अन्तराष्ट्रिय समुदाय र राजनीतिक पार्टीको विरोधका बाबजुद पनि सत्ता हातमा लिएर गल्ती गरेजस्तो लाग्दैन भन्ने जिज्ञासामा पूर्व राजाले आफूले लिएको पहलकदमी देशको हितमा थियो भन्नेमा आफू अहिले पनि विश्वस्त रहेको बताए । आफ्नो उदेश्य जनतालाई बुझाउन असफल भएको स्वीकारेका पूर्व राजा ज्ञानेन्द्रले त्यसका लागि आन्तरिक र बाहृय सहयोग नपाएको गुनासो गरे ।
वर्तमान अवस्थामा देशको अखण्डता, सार्वभौमिकता र एकतामा कतै सम्झौता भए जस्तो लाग्छ भन्ने प्रश्नको जवाफमा पूर्व राजाले प्रत्येक नेपाली देशभक्त भएका कारण देश बचाउन सबै तयार रहेको बताए । देश बिखण्डित भएको र समाप्त भएको कल्पना गर्न पनि नसक्ने भन्दै उनले नेपाली जनतामा पूर्ण विश्वास रहेको वताए । विगतमा पनि यस प्रकारका खतराहरु टार्न सफल भएका कारण नेपालीहरु एक रहेसम्म कसैले केही गर्न नसक्ने उनको बिश्वास थियोे ।
राजतन्त्र विस्थापित भएपछि नेताहरु असफल भएकोमा तपाईलाई खुसी लागेको होलानी भन्ने प्रश्नमा पूर्व राजाले कुटनीतिक जवाफ दिए । जिम्मेवारी पाएकाहरुले आफ्नो जिम्मेवारी मिलेर पुरा गर्नुपर्ने भन्दै उनले नेताहरुले प्रत्येक नेपालीको मुहारमा मुस्कान ल्याउनका लागि गरेका प्रतिबद्धताहरु पुरा गरेमा आफू सबैभन्दा खुसी हुने वताए । आफूसहित सवै नेपालीको चाहना सम्मानसहित सुरक्षित वातावरणमा बाँच्न पाउनु तथा समृद्ध र शान्त नेपाल हेर्नु रहेको पूर्वराजा शाहको भनाई थियो ।

उद्धारका लागि १५ नेपाली सुरक्षाकर्मी जापान पठाइँदै

सेन्दाईमा भेटिएका १ सय १५ नेपालीको सूची सार्बजनिक

सरकारले जापानका भूकम्प तथा सुनामी पिडितहरुको उद्धारका लागि सुरक्षाकर्मीको एक टोली पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भूकम्प तथा सुनामी पिडितहरुको उद्धारका लागि नेपाली सेनाका १०, नेपाल प्रहरीका ३ र सशस्त्र प्रहरीका २ जनालाई जापान पठाउने निर्णय गरेको हो ।

बैठकले भूकम्प तथा सुनामी पिडितहरुका लागि ५ हजार थान कम्मल पनि पठाउने निर्णय गरेको पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले गत बिहीबार केन्द्रीय कारागारमा भएको घटनाको छानविनका लागि पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा तीन सदस्यीय न्यायीक छानविन आयोग गठन गरेको छ । आयोगमा डीआइजी कुवेर सिंह र नायवमहान्यायाधीबक्ता पे्रमराज कार्की सदस्य रहनु भएको छ ।
सेन्दाईमा भेटिएका १ सय १५ नेपाली शकुशल
जापानस्थित नेपाली राजदूतावासले सुनामीग्रस्त सेन्दाईमा हालसम्म सम्पर्कमा आएका १ सय १५ जना नेपालीको सूची सार्बजनिक गरेको छ ।
जापानबाट संचालित कम्युनिटी न्यूज पोर्टल टोक्यो नेपाल डटकमका अनुसार त्यहाँ रहेका नेपालीको अबस्था बुझ्न सेन्दाई पुगेका तोहुको बिश्वबिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु आशिष आचार्य, सन्दीप ढुङ्गाना र आधार लामिछानेले सेन्दाईका शिविरमा पुगेर तयार पारेको सूची दूतावासले सार्बजनिक गरेको हो ।
उनीहरुकाअनुसार अनुसार कतिपय नेपाली विद्यार्थीहरु र अन्य पेशामा रहेका नेपालीहरु Sendai International Center / Multilingual Suppoert Center मा अस्थायी आश्रममा बसिरहेका छन् । त्यहां खाना र पानी उपलव्ध गराइएको छ भने आजबाट विद्युत आपूर्ति सुचारु भएको छ ।
राजदूतावास शुक्रवारको भूकम्प तथा सुनामी क्षेत्रमा रहेका नेपालीहरुसंग निरन्तर सम्पर्कमा रहेको बताएको छ । ‘सञ्चार सम्पर्क विच्छेद भएका कारण अहिलेसम्म पनि नेपालीहरुको पूर्ण तथ्याङ्क हासिल गर्न नसकिएको भएपनि राजदूतावासले जापान सरकारको परराष्ट मन्त्रालय, प्रहरी लगायत प्रान्तीय सरकारका विभिन्न निकायहरुसंग सम्पर्क गरी नेपालीहरुको संख्या र अवस्थावारे सूचना संकलन गरिरहेको छ’ दूतावासले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
हिजोसम्म सम्पर्कमा नरहेकी भूकम्पग्रस्त सेन्दाइमा रहेकी श्रीमती आङफुटी शेर्पा लगायतका नेपालीहरुसंग राजदूतावासले सम्पर्कमा आएको जानकारी प्राप्त भएको छ ।
सम्पर्कमा आएका नेपालीहरुको सूची हेर्न यहाँ क्लीक गर्नुहोला ।

 

बहराइनमा मृत्यु भएका दुई नेपालीको शव पठाउन कठिनाई

चैत्र, बहराइन । खाडी मुलुक बहराइनलाई हेर्ने दूतावासको टुंगो नहुँदा त्यहाँ मृत्यु भएका दुई नेपाली कामदारको शव नेपाल पठाउन कठिनाई भएको छ । लमजुङ्ग जिल्ला जिलुना-९का २६ का देऊबहादुर गुरुङ्गको हृदयघातका कारण यही मार्च ८ तारिखमा निधन भएको थियो । यस्तै म्याग्दी जिल्ला दाबियाचौरका टीका खड्काको पनि हृदयघातकै कारण मार्च १२ तारिखमा निधन भयो ।
मृतकका परिवार र आफन्तजनले शब नेपाल पठाउन यहाँस्थित नेपाली क्लब र गैरआवासीय नेपाली संघलाई अनुरोध गरेपनि बहराइन हेर्ने दूतावास नहुँदा त्यसको कारवाही अगाडी बढन सकेको छैन् ।
पहिले साउदी अरेबियास्थित दूतावासले बहराइन हेर्दथ्यो, केही दिनअघिमात्र मन्त्रीपरिषद्ले कतारस्थित दूतावासलाई जिम्मेवारी दिएछ-क्लबका अध्यक्ष दुर्गा गिरीले अनलाइनखबरसंग भन्नुभयो-’कतारको दूतावासलाई बहराइनबाट एगि्रमो नगइसकेकाले बहराइनसंगै नेपालको सिधा सम्बन्ध बन्न सकेको छैन् । ‘
कुन दूतवासले बहराइनलाई हेर्ने भन्ने टुंगो नहुँदा उनीहरुको शव नेपाल पठाउन आबश्यक कागजात बनाउन नसकिएको गिरीको भनाई छ ।
बहराइनको जिम्मेवारी लिने दूतावासको टुंगो नहुँदा पासपोर्ट नविकरण गर्न तथा अन्य सरकारी कामबाट बहराइनमा कार्यरत नेपाली बन्चित भएका छन् । तत्कालका लागि यसअघि काम गर्दै आएको साउदीस्थित नेपाली दूतावासलाई जिम्मेवारी दिन परराष्ट्र मन्त्रालयसंग अनुरोध गरिएको गिरीले जानकारी दिनुभयो ।
यसैवीच बहराइनमा चर्किएको आन्दोलनका कारण नेपालीहरु समस्यामा पर्न थालेका छन् । आइतवारबाट मेन हाईवे, स्कुल, बजार, निजी कार्यलय पूर्णरुपमा बन्द छन भने बजार सुनसान भएको छ । उद्योगधन्दा बन्द रहेकाले नेपाली कामदारहरु कम्पनीकै होष्टलमा बसिरहेका छन् । यस्तै स्थिती भयो भने बहराइनका कार्यरत ३५ हजार नेपालीलाई समस्या पर्न सक्ने छ । घरबाट बाहिर हिड्ने स्थिती नभएकाले मनमा त्रास लिएर होष्टलमै बस्न बाध्य छन्

दुर्घटनामा दुईको मृत्यु

तनहूँ, - पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ३२०३ र काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको ना३ ख ८३२५ नम्बरको बस सोमबार दिउँसो पृथ्वी राजमार्ग अर्न्तगत तनहुँको आँबुखैरेनी गाविसको नारीघाटमा सोमबार दिउँसो बस एक आपसमा ठक्कर खाँदा एक चालक र एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ना३ख ३२०३ नम्बरको बसका चालक कास्कीका विक्रम श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएकी सोही बसमा यात्रारत अन्दाजी २५ वर्षीया महिलाको भने सनाखत हुन सकेको छैन्। श्रेष्ठको घटनास्थल र महिलाको उपचारका लागि मेडिकल लैजादाँ मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका १ दर्जन भन्दा यात्रु मध्ये केहीको आँबुखैरेनी स्थित मेडिकल हल र केहीलाई भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

पेट्रोलमा नौ रुपैयाँ भाउ बढ्यो

काठमाडौँ, फागुन २९ - नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर नौ रुपैयाँ र हवाई इन्धनमा १० रुपैयाँ भाउ बढाएको छ। डिजेल, मट्टितेल र ग्यासको मूल्य भने यथावत रहेको छ। मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रति लिटर ९७ रुपैयाँ पुगेको छ। त्यसैगरी हवाई इन्धनको मूल्य प्रति लिटर ९० रुपैयाँ पुगेको छ।

आयल निगम सञ्चालक समितिको बैठकले आइतबारदेखि लागू हुने गरी भाउ बढाउने निर्णय गरेको हो।

सुनामीका कारण वेपत्ता नेपालीको संख्या बढ्दो

  नेपालीको अवस्था बुझ्न समिति गठन
शुक्रबार जापानमा आएको भिषण भूकम्प र सुनामीका कारण वेपत्ता हुने नेपालीको संख्या थपिदै गएको छ ।
टेलिफोन सम्पर्क खुलेपछि बिभिन्न संघसंस्था र आफन्तहरुले गरेको खोजीपछि उनीहरु सम्पर्कविहीन भएको खुलेको हो । पछिल्लो जानकारी अनुसार कियागी केनको सेन्दाई एरियामा रहेका काजी शेर्पा, तुलसी शेर्पा र शिव आचार्य सम्पर्कमा आउन सकेका छैनन् ।
यसैगरि सेन्दाईको ताइहाका कु मिनामीको एक भारतीय रेष्टुरेन्टमा कार्यरत चुडामणि सापकोटा, सेन्दाईमा रहेका बाबु सापकोटा र माया गुरुङसँग सम्पर्क स्थापित हुन नसकेको दूतवासद्वारा गठित संयुक्त समितिका सदस्यहरुले जनाएका छन् ।
उनीहरु उद्धारपछि कुनै शिविरमा सुरक्षित रहेको वा नरहेको बिषयमा अहिलेसम्म जानकारी आउन सकेको छैन् । त्यसक्षेत्रमा बिजुली आपूर्ति नभएको र मोवाइल पनि चार्ज सकिने अबस्था नरहेकाले उनीहरु सम्पर्कमा नआएको हो कि भन्ने अनुमान पनि गरिँदै छ ।
यस्तै शुक्रबार आएको सुनामीले एक नेपाली रेष्टुरेन्ट बगाएको छ । जापानमा रहेका नेपालीलाई पुगेको प्रभावबारे खोजी र सूचना संकलन भइरहेका बेला फुकुसिमा इवाकीमा आएको सुनामीले साइनो नेपाली रेष्टुरेन्ट बगाएको जानकारी प्राप्त भएको हो ।
रेष्टुरेन्ट संचालक रमेश देवानका अनुसार सुनामीले रेष्टुरेन्टका सवै सामाग्री बगाएको छ भने त्यहाँ कार्यरत कर्मचारी र ग्राहक भागेर अग्लो स्थानमा शरणलिन पुगेका छन् । सुनामीले कुनै मानवीय क्षती नभएको देवानले टोक्यो नेपाल डटकमलाई बताए ।
यता थकाली सेवा समिति जापानले भर्खरै दिएको जानकारीअनुसार सो समितिसंग आबद्ध सेन्दाई क्षेत्रका एक नेपाली परिवार अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन् ।
समिति अध्यक्ष सरदकुमार गौचनले थसेसको साझा मेलग्रुपमा त्यसका क्षेत्रका सदस्यले पठाएको जानकारी उदृत गर्दै जनाएअनुसार मनोज तुलाचन र मीना तुलाचनको परिवार अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन् ।
उनीहरु मियागीकेनको केसानुभन्ने ठाउँमा रेष्टुरेन्ट चलाएर बसेका थिए । टेलिभिजनमा देखाइएअनुसार उक्त क्षेत्र पुरै ध्वस्त पारेको देखिाएको थियो । सुनामी आउनुअघि उनीहरु भागेको वा अन्यन्त्र शरण लिइरहेको बिषयमा अहिलेसम्म जानकारी हुन सकेको छैन् । उनको छोराले सेन्दाई क्षेत्रमा शरण लिइहरेको जानकारी पाइएको गौचनले टोक्यो नेपाल डट्कमलाई जानकारी दिनुभयो ।
सो परिवारको बिषयमा कुनै जानकारी प्राप्त भएमा आफ्नो निजी इमेल वा थकाली सेवा समितिको इमेलमा सम्पर्क गरिदिनुहुन सम्पूर्ण सदस्य तथा नेपाली दाजुभाईमा गौचनले आग्रह गर्नुभएको छ ।
...JAPAN...
यसैवीच सहकर्मी सन्देश पोखरेलका अनुसार सेन्दाई सहरको हचिमानमा रहेका नेपालीहरु सकुशल रहेको जानकारी प्राप्त भएको छ । टेलिफोन सम्पर्कमा आएकी भवानी दवाडीका अनुसार दश नेपालीसहित करिव ७ सय स्थानीय नागरिकलाई हचिमान प्राथमिक बिद्यालयमा राखिएको छ । त्यहाँको वडा कार्यालयले उनीहरुलाई खाने प्रबन्ध गरिदिएको दवाडीले जानकारी दिनुभयो । पानी, ग्यास, बिजुली आपूर्ति हुन नसकेका कारण समस्या उपत्पन्न भएको छ भने मोवाइल चार्ज गर्न नसकेका कारण त्यहाँ रहेका मानिसले आफ्नो अबस्थाबारे बाहिर रहेका आफन्तलाई जानकारी दिन सकेका छैनन् ।
नेपालीको अवस्था बुझ्न समिति गठन
शक्तिशाली भूकम्प र सुनामीबाट प्रभापित क्षेत्रमा रहेका नेपालीहरुको अवस्था बुझ्न भूकम्प तथा सुनामी प्रभावित पीडित नेपाली सहयोग समिति गठन गरिएको छ ।
नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख डा. दुर्गाबहादुर सुवेदीको संयोजकत्वमा गठित समितिको सहसंयोजक गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष लालबहादुर केसी रहनु भएको छ । समितिमा जापानमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाका प्रतिनिधीहरु सदस्य रहेका छन् । समितिको प्रमुख सल्लाहकारमा जापानका लागि नेपाल राजदूत गणेश योन्जन तथा सल्लाहकार गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष देवमान हिराचन रहनु भएको छ ।
समितिले राजधानी टोक्यो सहित मियागी, फुकुसिमा, देवाते, इबाराकी र चिबा प्रान्तहरुमा रहेको भ्रमण गरी त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिनुका साथै पिडित भटिए आवश्यक सहयोग र उद्धार गर्नेछ । समितिले शनिबारबाट काम थालिसकेको छ ।

दुर्घटनामा २० दर्शनार्थी घाइते

तनहुँ, फागुन २८- मनकामना मन्दिरको दर्शन गरी फर्किएका तीर्थयात्री लिएर आउँदै गरेको बस दुर्घटना हुँदा शनिवार साँझ गोरखामा ३० जना घाइते भएका छन्। घाइतेमध्ये ६ को अवस्था गम्भीर छ।मन्दिरबाट यात्रु लिएर फर्किदै गरेको ना३ख ७०९८ नम्बरको बस मनकामना गाविस ४ ढाडटारीमा दुर्घटना भएको गोरखा प्रहरीले जनाएको छ। घाइतेमध्ये अधिकांश लमजुडका बासिन्दा छन्।
दुर्घटनामा परी गम्भीर घाइते भएका तीर्थयात्रीलाई थप उपचारका लागि भरतपुर शिक्षण अस्पताल र अन्य घाइतेको आँबुखैरेनी स्थित मेडिकल हलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बस सडकदेखी करिब ६० मिटर तल खसेको थियो।

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor