चैत्र, काठमाडौं । काठमाडौं उपत्यकामा वितरित खानेपानीमा आउँ र हैजाको जिवाणु भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)ले गरेको अध्ययनअनुसार जनस्वास्थ्यका दृष्टिले काठमाडौं उपत्यकामा वितरित खानेपानी असुरक्षित रहेको छ ।
पाइप र ट्यांकरबाट वितरित पानी तथा बोतल र जारमा बिक्रीका लागि राखिएको पानीको नमुना परिक्षण गर्दा हैजा र आउँका जिवाणु भेटिएको नाष्टका विज्ञान महाशाखा प्रमुख डा. दिनेश भोजुले जानकारी दिनुभयो ।
यसैगरी वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो)ले काठमाडौं उपत्यकासहित नेपालका २८ नगरपालिकामा वितरित खानेपानी पनि पीउनयोग्य नरहेको महाशाखाले जनाएको छ । वितरण प्रणालीमा सावधानी नअपनाउँदा खानेपानीमा फोहरमैला मिसिएर जैविक प्रदुषण उच्च रहेको एन्फोका सूचना अधिकृत राजेश अधिकारीले जानकारी दिनुभयो ।
9:41 PM
namaste Tanahun


0 comments:
Post a Comment