
11:20 PM

namaste Tanahun
No comments
आजबाट सुरु हुने २०६७ सालको एसएलसी परीक्षाको तयारी पुरा भएको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ । यस वर्षो एसएलसी परीक्षामा तनहुँ जिल्लामा नियमित तर्फ५ हजार ५ सय ४२ जना, एक्जाम्टेट तर्फ५ सय १५ जना गरी ६ हजार ५७ जना प्रशिक्षार्थीहरु सामेल हुँदै छन् ।
विद्यार्थीहरुलाई सहज र शान्तिपर्ूण्ा रुपमा परीक्षा दिनका लागि जिल्लाका विभिन्न गाउँ विकास समितिमा २६ वटा परीक्षा केन्द्र तोकिएको र आवश्यक शान्ति सुरक्षाको प्रवन्ध मिलाइएको जिल्ला शिक्षा अधिकारी खड्ग बहादुर कमालले बताउनु भयो ।
त्यस्तै कमालले परीक्षा केन्द्रहरुमा केन्द्राध्यक्षहरु र प्रश्नपत्र तथा आवश्यक सामग्रिहरु पुर्याइ सकिएको र परीक्षा केन्द्रमा आवश्यक शान्ति सुरक्षा व्यवस्थापन गर्नका लागि सम्बन्धित इलाका प्रहरी कार्यालयहरुलाई जिम्मा दिइसकेको पनि जानकारी गराउनु भयो ।
यस वर्षो एसएलसी परीक्षा सञ्चालनका लागि सत्यवती उच्च माध्यामिक विद्यालय दमौलीमा क र ख, निर्मल उच्च माध्यमिक विद्यालय दमौलीमा क र ख, जलदेवि उच्च माध्यमिक विद्यालय, कालिका माथि देवघाट, बालविकास उच्च माध्यमिक विद्यालय भिरकोट, शिव उच्च माध्यमिक विद्यालय ऋषिङ्ग रानीपोखरी, महेन्द्र ज्योती उच्च मावि शिशाघाटलाई परीक्षा केन्द्र निधारण गरिएको छ ।
त्यस्तै, मिन उमावि थर्पु, खैरेनी उमावि खैरेनीटार, पञ्चमुनीदेव उमावि दुलेगौंडा, गाउँफर्कोदय उमावि ढोरफिर्दी, आधारभूत उमावि राइपुर, जनज्योती उमावि भिमाद, चन्द्रज्योती उमावि घिरिङ्ग सुन्धारा, सिर्द्धार्थ उमावि किहू, त्रिभुन उमावि रुपाकोट, विद्यानिकुञ्ज उमावि मिर्लुङ्ग, चन्द्रावती उमावि बसन्तपुर, कालीका उमावि पुर्कोट, होरालो शारदा शिक्षा सदन उमावि भानु, पवित्रा उमावि बन्दीपुर, भानु उमावि बन्दीपुर, रामशाह उमावि आँवुखैरेनी र माहेन्द्रि उमावि गजौडे परीक्षा केन्द्रहरु रहेका छन् ।
यसै गरी २०६७ सालको प्रवेशिका परीक्षामा देशभरिमा एक हजार ६ सय ७५ वटा परीक्षा केन्द्र तोकिएको र परीक्षालाई मर्यादित बनाउन एक हजार ६ सय ७५ जना केन्द्राध्यक्ष नियुक्ति गरिसकेको छ भने यस वर्षएसएलसी परीक्षामा देशभरबाट ४ लख ९६ हजार २ सय ४३ जना विद्यार्थीहरुले परीक्षा दिंदै छन ।
यसपटक नेपालमै जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छापेर जिल्ला-जिल्लाका परीक्षा केन्द्रहरुमा पुर्याइसकेको परीक्षा नियन्त्रण कार्यालयले बताएको छ। एसएलसी परीक्षामा हुने अनियमितता, चिट चोर्ने र चोराउनेलाई नियन्त्रण गर्न परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र रहेको विद्यालय वरपर मानिसको जमघट हुन नदिने तयारी गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसपटकको परीक्षामा सबैभन्दा बढी काठमाडौँमा ३२ हजार ८३ जना र सबैभन्दा कम मुस्ताङमा ९० जना परीक्षार्थी रहेका छन् ।

11:04 PM

namaste Tanahun
No comments
नेपाल विद्युत् प्राधिकरणले बिहीबारदेखि लागु हुने गरी लोडसेडिङको समयावधि दुई घण्टा घटाएको छ। प्राधिकरणले मुलुकभर सञ्चालन हुने एसएलसी परीक्षालाई ध्यानमा राखेर १४ घण्टाको विद्यमान लोडसेडिङ अवधिमा दुई घण्टा घटाएको हो।
परिवर्तित लोडसेडिङको तालिका एसएलसी परीक्षा अवधिभर मात्र लागु हुने प्राधिकरणले जनाएको छ

10:54 PM

namaste Tanahun
No comments
1.एसएलसी परीक्षा आजदेखि सुरु १० चैत । यस वर्षको एसएलसी परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमका अनुसार परीक्षामा मुलुकभरबाट चार लाख ९६ हजार २ सय ४३ जना विद्यार्थी परीक्षामा सहभागी छन् । जसमा नियमिततर्फ छात्र दुई लाख २९ हजार सात सय ९१ जना र छात्रा दुई लाख ६ हजार ६ सय २० जना रहेका छन् । यस्तै एक्जाम्टेडतर्फ छात्र २५ हजार आठ सय पाँच जना र छात्रा ३४ हजार २७ जना रहेका छन् ।
अपांगता भएका विद्यार्थीहरुलाई थप डेढ घण्टा समय दिइएको छ । सरकारले यसबर्ष चिट चोर्ने, चोराउने र परीक्षालाई अमर्यादित बनाउन खोज्ने जो कोहीलाई तत्काल पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउने भएको छ । परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक कसैलाई पनि मोवाइल चलाउन नदिने गौतमले बताउनुभयो ।
परीक्षाको लागि मुलुकभर एक हजार ६ सय ७२ वटा परीक्षा केन्द्र तोकिएको छ । त्यसका लागि ४७ हजार २ सय ४२ जना कर्मचारी खटिएका छन् । काठमाडौंमा सबैभन्दा बढी ८३ केन्द्रबाट २ हजार ८ सय ६० जनाले परीक्षा दिनेछन् । मनाङमा सबैभन्दा कम एउटा केन्द्रबाट १ सय २२ जनाले एसएलसी दिनेछन् । एसएलसी परीक्षा १८ गते सकिने छ ।
2.ट्युसन सेन्टरबाट एसएलसीको प्रश्नपत्र बरामद
चैत्र, विराटनगर । मोरङको विराटनगरस्थित एक ट्युसन सेन्टरबाट एसएलसीको अंग्रेजी विषयको प्रश्नपत्र बरामद भएको छ । एसएलसीको पहिलो दिन विहीबार देशभर अनिवार्य अंग्रेजी विषयको परीक्षा चलिरहँदा प्रहरीले विराटनगरको एक्सेल एकेडेमी ट्युसन सेन्टरबाट प्रश्नपत्र बरामद गरेको हो ।
प्रहरीले सन्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
3. जनसेना एसएलसीमा
यसैबीच यसवर्षको एसएलसी परीक्षामा चितवन र नवलपरासीबाट ६ सय २७ जनाले एसएलसी परीक्षा दिने भएका छन् । नवलपरासीस्थित चौथो डिभिजनबाट ५ सय ८० र चितवनस्थित तेस्रो डिभिजनबाट ४७ जना परीक्षामा सहभागी छन् । नवलपरासीका जनसेनाहरुले चोरमारास्थित नवलपुर र अरुणखोला बोर्डिङ स्कुलबाट परीक्षा केन्द्रबाट सहभागिता जनाएका छन् ।
चितवनका जनसेना जुटपानीस्थित पृथ्वी उच्चमावि परीक्षा केन्द्रबाट परीक्षामा सामेल भएका तेस्रो डिभिजन शक्तिखोरका प्रवक्ता जनक विष्टले बताउनुभयो । उनीहरु सबै जनसैन्य खुला शिक्षालयबाट परीक्षामा सामेल भएका हुन् ।

9:07 AM

namaste Tanahun
No comments
साउदी अरबमा गैरकानुनी रूपमा कार्यरत नेपालीलाई घर फिर्ने मौका मिलेको छ । साउदी नागरिकको सहमति पाएको खण्डमा झन्डै एक लाख गैरकानुनी नेपाली कामदार घर फिर्न पाउनेछन् ।
'जसलाई साउदी नागरिकले सहमति दिन्छन्, ती कामदारलाई यहाँको अध्यागमन विभागले साउदी छोड्न अनुमति दिन थालेको छ,' रियादस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत पारस घिमिरेले कान्तिपुरलाई भने, 'साउदी नागरिकको परिचयपत्रको प्रतिलिपि, नेपाली नागरिकको प्रमाणपत्र र राहदानीको प्रतिलिपि राखेर निवेदन दिएमा दूतावासले ट्राभल डकुमेन्ट जारी गर्न थालेको छ ।'
दूतावासले एक हप्तामा झन्ढै डेढ हजार नेपालीलाई ट्राभल डकुमेन्ट दिइसकेको छ । 'अहिले दैनिकजसो तीन सयदेखि ४ सय गैरकानुनी नेपालीलाई ट्राभल डकुमेन्ट दिइरहेको छ,' घिमिरेले भने, 'उनीहरूलाई यहाँको डिर्पोटेन्सन सेन्टर -गैरकानुनी कामदारलाई थुनेर राख्ने जेल) ले साउदी छाड्न पाउने भिसा दिइरहेको छ ।' यो व्यवस्था साउदी सरकारले घोषित रूपमा गरेको होइन । भारतीय, बंगाली र पाकिस्तानी दूतावासले पनि यो व्यवस्था कार्यान्वयन गर्न थालेको उनले बताए ।
६ महिनाअघि साउदी राजा अब्दुल्लाहले अवैध आप्रवासीलाई आममाफी दिने घोषणा गरेका थिए । तर त्यसमा हज, उमराहमा आएर भाग्ने मात्रैलाई लागू हुने अघोषित जानका गराइएको थियो । आममाफीको समय सकिनै लाग्दा अध्यागमन विभागले यो व्यवस्था लागू गरेको हो । आममाफीको समय मार्च २३ बाट सकिँदै छ । घिमिरेका अनुसार यो व्यवस्था भने अनिश्चित छ । 'यसको कुनै समयसीमा तोकिएको छैन,' उनले भने, 'अहिलेसम्मको पस्थिति हेर्दा साउदी नागरिकले आफ्नो सहमति दिएको दिनसम्म लागू हुने अवस्था छ ।'
उनले ट्राभल डकुमेन्ट पाएकामध्ये ८/९ जना नेपाली स्वदेश पुगिसकेको जानकारी पाएको बताए ।
कामदारको जिम्मा लिने व्यक्ति -स्पोन्सर) को अनुमतिबिनै भागेर अन्य कम्पनीमा काम गर्ने कामदारलाई साउदीको कानुनले अवैध मान्ने गरेको छ ।
दूतावासका अनुसार स्वदेशमा गरेको सम्झौताअनुसार काम, सेवा, सुविधा नपाएपछि कामदारहरू भाग्ने गरेका छन् । साउदी पुगेको चार महिनामै भागेका रोल्पाका कविराज ओलीले स्वदेश आउन नपाएकामा निकै दुःख व्यक्त गरे । १४ वर्ष भारतमा गाडी चलाएका ओली भनेको काम नपाएपछि भागेका थिए ।
'यहाँ क्याटरिङमा गाडी चलाउन आएको थिएँ । भाँडा माझ्न लगाइयो । साहूसँग कुरा गर्दा तीन हजार रियाल तिरे स्वदेश जान पाउने बताएपछि भाग्नुको विकल्प देखिनँ,' साउदीको काभुबाट फोनमा उनले भने, 'अहिले रूख काट्ने काममा छु । आएदेखि नै घर फिर्न चाहन्छु तर सकिरहेको छैन ।' राजधानी रियादबाट ३ सय किलोमिटर टाढा कार्यरत उनी दुई वर्षअघि गएका थिए । 'मसँगै कार्यरत चार जना नेपाली साथी बिहीबार दूतावास गएका छन्,' उनले भने, 'आफू यतै अल्भिmरहेको छु ।'
कामदारको पासपोर्ट स्पोन्सरसँगै रहने हुँदा आवश्यक कागजात उनीहरूसँग हुँदैन । दूतावासका अनुसार गैरकानुनी काम गरेका झन्डै दुई हजार नेपाली जेल जीवन बिताइरहेका छन् । भागेर आएका कामदारको जिम्मा लिनु नपर्ने, कामदार झिकाउन थप आयभार नपर्ने भएकाले कम्पनीले पनि त्यस्ता कामदारलाई तलब बढी दिने गर्छन् । न्यून तलब र बिचल्ली परेका कामदार भाग्ने गरेका छन् । दूतावासलाई महिनामा झन्डै १ हजार ५ सय जना भगुवा कामदारको पासपोर्ट प्राप्त हुने गरेकोे छ ।
राजदूतका अनुसार यस्ता कामदार निकै जोखिममा काम गरिरहेका छन् । 'उनीहरूको परिचयपत्र नबन्ने, बिमा लेखपत्र नबनाइने र औषधि उपचारको सुविधा पाइँदैन । दुर्घटनामा परेमा सरकारी अस्पतालमा उपचार नपाइने, निजीमा नसक्ने र उपचार गर्न नयाँ कम्पनीको दायित्व नपर्ने कानुनी व्यवस्था छ । त्यस काम गर्ने क्रममा मृत्यु भएका कैयौं शव पठाउन सकिएको छैन,' उनले भने ।

9:04 AM

namaste Tanahun
No comments
बेलुन उडान:

मेक्सिकोको सन पिरामिडमाथि उडिरहेको हट एअर बेलुन। यहाँ हिजोदेखि हट एअर बेलुनको महोत्सव चलिरहेको छ।

8:49 AM

namaste Tanahun
No comments
चारको मृत्यु, १२ घाइते-
पोखरा, चैत - स्याङ्जाको केवरेभन्ज्याङमा मंगलबार विहान जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। अन्य १२ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका चार जनाको वालिङ अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा कुवाकोट-३ का ५५ वर्षीय तुलसीराम उपाध्याय, कुवाकोट-१ का १५ वर्षीया लक्ष्मी थापा, कुवाकोट-५ का ५३ वर्षीय उदयबहादुर सिंजाली र नाम नखुलेका अर्की एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
वालिङबाट रत्नपुर जाँदै गरेको ग १ ज ४६५९ नम्बरको जीप सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो।

8:39 AM

namaste Tanahun
No comments
तनहुँ, चैत ८ - एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईको गृह जिल्ला गोरखा पुगेका नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले बाबुराम भट्टराई झुक्किएर माओवादीमा लागेको बताएका छन्। उनले माओवादीमै लागेका कारण बाबुराम अहिले हैरान भएको समेत बताए।युवा संघ नेपाल गोरखाको मंगलबार छैटौ जिल्ला अधिवेशनको उद्घटन गर्दै नेता ओलीले उक्त कुरा बताएका हुन्। उनले भने, ‘बोर्ड फस्ट भएकाहरु झुक्किएर माओवादीमा लागेर अहिले हैरान भएका छन्।' उनले माओवादीभित्रको आन्तरिक विवादले माओवादी धरासायी भएको र नेताहरु छटपटाउनथालेको दावी गरे।
माओवादीले शान्ति, संविधान र विद्रोहका कुरा एकैसाथ गरेकाले माओवादीले शान्ति प्रक्रिया टुंग्याउन र संविधान बनाउन नचाहेको प्रष्ट भएको उनको भनाई थियो। शिविरमा लडाकु, वाइसिएल र अर्धसैनिक दस्ता बनाएको माओवादीलाई गृह मन्त्रालय दिए देशमा शान्ति सुरक्षा कायम नहुने भन्दै नेता ओलीले गृह मन्त्रालयको जिम्मेवारी पाएको खण्डमा समेत माओवादी रुपान्तरण हुन नसक्ने बताए। उनले भने, ‘शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन माओवादीलाई गृह मन्त्रालय दिन हुँदैन्।' उनले एमालेले समेत कुनै पनि हालतमा यस्तो गल्ती नगर्ने दावी गरे।
सरकार गठनका क्रममा एकीकृत माओवादी र एमालेबीच भएको ७ बुँदे सहमति गलत प्रवृत्तिले भएको भन्दै उनले ७ बुँदे सहमतिको कुनै औचित्य नभएको बताए। उनले भने, ‘माओवादीलाई नभई उसको गलत प्रवृत्तिलाई सच्याउन एमालेको आलोचना गरेको हुँ।' कम्युनिष्ट वामएकताका नाममा देशको राजनीति बिगार्न नमिल्ने भन्दै नेता ओलीले ७ बुँदे सहमति एमालेको स्थायी, पोलिटब्युरो र केन्द्रीय समितिले समेत त्रुटिपूर्ण रहेको ठहर गरिसकेको बताए। नेता ओलीले मंगलबार नै गोरखा नगरपालिका-११ मा अवस्थित एमालेको पार्टी कार्यालयको समेत उद्घाटन गरेका थिए।

8:15 AM

namaste Tanahun
No comments
६०१ जना सभासदको श्राद्ध गर्दै हिँड्ने एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । आइतबार समयमा संविधान नबनाएको भन्दै ६०१ जना सभासदको श्राद्ध गर्दै हिँडेका राकेश कुमार शर्मालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पोखरामा श्राद्ध गरिरहेको अवस्थामा शर्मालाई प्रहरीले पक्राउ गरेको हो । ज्युँदो अवस्थामै सभासद्हरुको श्राद्ध गरेको भन्दै वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ६०१ जना सभासदहरुको कार्टुनसहित १० महिने मासिक श्राद्ध उनले पोखराको पृथ्वीचोकमा गरेका थिए । शर्मालाई बैदामको प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

7:57 AM

namaste Tanahun
No comments
 |
| holi with kerisma manader@her home |

12:04 PM

namaste Tanahun
No comments
कुवेत । कुवेतस्थित रिजनल गेट निर्माण कम्पनीमा कार्यरत दुई नेपालीको बुधबार सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर भएका हिरामणी चौधरी र शेखर श्रेष्ठ रहेका छन् ।
कुवेतको साविया भन्ने स्थानमा चौधरी र श्रेष्ठले चलाएको ट्रक आपसमा ठोक्किँदा उनीहरुको मृत्यु भएको यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दिउँसो एक्कासि आएको बालुवासहित आँधीले सडक नदेखिँदा दुर्घटना भएको थियो ।
तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-