This is featured post 1 title
Replace these every slider sentences with your featured post descriptions.Go to Blogger edit html and find these sentences.Now replace these with your own descriptions.This theme is Bloggerized by Lasantha - Premiumbloggertemplates.com.
This is featured post 2 title
Replace these every slider sentences with your featured post descriptions.Go to Blogger edit html and find these sentences.Now replace these with your own descriptions.This theme is Bloggerized by Bhola Thapa Chhetri- Tanahunkhabar.blogspot.com
This is featured post 3 title
Replace these every slider sentences with your featured post descriptions.Go to Blogger edit html and find these sentences.Now replace these with your own descriptions.This theme is Bloggerized by Lasantha - Premiumbloggertemplates.com.
तनहुँमा एकहजार भन्दा बढी अपाङ्ग
तनहुँ जिल्लामा मात्रै एकहजार ५६ जना अपाङ्ग रहेका छन्। तीमध्ये १९४ दृष्टिविहीन, ४३७ सुस्तःमनस्थिति र ९० जना बहुअपाङ्ग रहेको बताइएको छ। अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थाले जिल्लाभित्र तथ्याङ्क सङ्कलन गर्दा उक्त तथ्याङ्क फेला परेको हो। यस जिल्लामा आधा दर्जन सङ्घसंस्थाले अपाङ्गताको क्षेत्रमा काम गर्दै आए पनि प्रभावकारी हुन नसकेको स्वयम् अपाङ्गहरु नै बताउँछन्
तनहुँमा मर्स्याङ्दीले बगाउँदा घाँस-दाउरा लिन गएका आमा छोरीकै मृत्यु
तनहुँ, वैशाख १९- घाँस दाउरा गर्न जाने क्रममा मर्स्याड्दी नदीले बगाउँदा सोमबार बिहान तनहुँमा आमा छोरीकै मृत्यु भएको छ। मृत्यु हुनेमा ४० वर्षीया गीता गुरुड र २० वर्षीया विनिता गुरुड रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।
स्थानीय बासिन्दाको सक्रियतामा प्रहरीले उनीहरुको शव नदीबाट झिकेर किनारमा राखेको छ।
गोरखाको ध्याम्पेसाल घर भएका ती आमा-छोरी केही समयदेखि तनहुँको आँबुखैरेनीमा कोठा भाडामा लिइ बस्दै आएका थिए। सोमबार बिहान घाँस दाउरा गर्न मर्स्याङ्दी नदी तरेर गोर्खाको जङ्गलमा जाने क्रममा उनीहरुलाई नदीले बगाएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए।
स्थानीय बासिन्दाको सक्रियतामा प्रहरीले उनीहरुको शव नदीबाट झिकेर किनारमा राखेको छ।
तनहुँ;दुई हजार तामाङले गुरुङ थर लेखाए
तनहुँ, वैशाख । तनहुँमा रहेका दुई हजारभन्दा बढी तामाङले गुरुङ थर लेखिसकेका छन् । नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति तनहुँद्वारा तनहुँको पुर्कोटमा आयोजित प्रशिक्षण कार्यक्रममा जानकारी गराइएको हो । नेपाल तामाङ घेदुङ पुर्कोट एकाइ अध्यक्ष कलबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति तनहुँका अध्यक्ष धन सुब्बा तामाङले गर्नुभएको थियो । कार्यक्रमका सहभागीलाई प्रशिक्षण दिँदै प्रमुख अतिथि तामाङले आगामी राष्ट्रिय जनगणनामा तामाङ जातिले आफ्नो जाति नै लेख्नुपर्नेमा जोड दिनुभयो । विगतमा तामाङ जातिलाई सरकारी र भारतीय सेनामा जागिर खान नदिएकाले बाध्यताबस गुरुङ लेख्नुपरेको भए पनि आगामी जनगणनामा सबैलाई तामाङ थर नै लेख्न अनुरोधसमेत गर्नुभयो । घेदुङका जिल्ला कोषाध्यक्ष जीतबहादुर तामाङले २८४८ औँ सोनाम ल्होसारको उपलक्ष्यमा जिल्ला घेदुङले गरेको गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । उक्त तालिममा १०० जना तामाङ समुदायको सहभागिता रहेको थियो ।
करेन्ट लागेर वृद्धको मृत्यु
दमौली, वैशाख। तनहूँको केशवटार गाविस-७ निवासी ६८ वर्षीय ताराध्वज थापाको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । बिजुलीको पोलमा छुने क्रममा एक्कासि विद्युत् सट भई करेन्ट लाग्दा थापाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक थापाको लास पोस्टमार्टमका लागि दमौली अस्पतालमा ल्याइएको बताइएको छ।
अमेरीकि सेनाले लुकिछिपि अन्त्येष्टि गरेको खवर लादेनको मृत्यु माथि नै प्रश्न चिन्ह!
अमेरिकि राष्ट्रपति वाराक ओवामाले लादेनको शव अमेरिकि सेनाको नियन्त्रणमा भएको भनिरहंदा अन्त्येष्टि गरिसकेको खवरले भने उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा फेरी चर्चा हुन थालेको छ ।
अमेरिकी सेनाको आक्रमणमा परि अल कायदाका नेता ओसामाविन लादेनको मृत्यु भएको छ । सन् २००१ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अमेरिकाले उनको सर्वाधिक खोजि गरेको थियो । पाकिस्तानको सिमा क्षेत्र अबोटाबादमा एकसातादेखि सुरु गरिएको अप्रेसनमा लादेनको गएराती मृत्यु भएको अमेरिकी राष्ष्ट्रपति बाराक ओवामाले घोषणा गर्नुभएको छ ।एकबर्ष अघि नै लादेन सो ईलाकामा रहेको पुष्टि भएपछि खोजविन सुरु भएको जानकारी दिदै अमेरिकी राष्ट्रपति ओवामाले आफ्नो स्वीकृतिमा त्यस क्षेत्रमा मिसाईल आक्रमण गरिएको समेत बताउनु भयो । आज बिहान सम्बोधन गर्दै ओबामाले सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणमा लादेनको प्रमुख हात रहेको दाबी गर्नु भयो । सम्बोधनका क्रममा ओवामाले आतंकका विरुद्धमा युद्ध जारी रहने बताउनुभएको छ ।
लादेनको शव अहिले अमेरिकी सेनाको नियन्त्रणमा रहेको अमेरिकी साचारमाध्यमहरुले जनाएका छन् । लादेन मारिएको खबर सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपती भबन ह्वाईट हाउस अगाडी हजारौं अमेरिकीहरु जम्मा भएर खुशीयाली मनाएका छन् । लादेनको मृत्युप्रती पूर्ब राष्ट्रपतीहरु जर्ज डब्लु बुस र बिल क्लिन्टनले खुसि ब्यक्त गर्नु भएको छ । उहाहरुले लादेनको हत्या अमेरिका सहित बिश्वकै लागी ठूलो उपलब्धी भएको प्रतिकि्रया दिनु भएको छ । क्लिन्टन र बुसले अमेरिका लादेनको हत्यासंगै आफ्नो अभियानमा सफल भएको बताउनु भएको बताइएको छ ।
यसैबिच लादेनको आजै समुद्रमा अन्त्येष्टि गरिएको छ । एक अमेरिकी अधिकारीले उनको शवलाई इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको बताएका छन् । अधिकारीले लादेनको अन्त्येष्टिको विषयमा थप विवरण नदिएको अमेरिकी समाचार माध्यामले जनाएका छन् ।
अन्त्यष्टीका क्रममा लादेनको टाउकोमा गोली हानिएकॊ दृश्य देखिएका छ । लादेनको भनिएको शवको तस्बिर केही पाकिस्तानी मिडियाले सार्वजनिक गरेका छन् । तस्बिरमा उनको टाउकोको बायाँ पट्टी गोली लागेको देखिएको छ । अमेरीकि सेनाद्धारा सार्वजनिक फोटो अनुसार मृत भनिएका ओसामाविन लादेननै भएको सर्वत्र चर्चा भइरहे पनि अमेरिकि राष्ट्रपति वाराक ओवामाले लादेनको शव अमेरिकि सेनाको नियन्त्रणमा भएको भनिरहंदा अन्त्येष्टि गरिसकेको खवरले भने उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा फेरी चर्चा हुन थालेको छ । यद्यपी अन्र्तराष्ट्रिय समाचार संस्था अलजजिराले मृत ब्यक्ती ओसामाविन लादेननै भएको र अलकायदाका केही नेताहरुले यसवारे वोल्न नचाहेको भन्ने समाचार प्रसारण गुर्नले भने लादेनको मृत्यु नै भएको पुष्टि भएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
रतनसँग बिहे गर्न ५४ हजार केटाको आबेदन
भारतीय टेलिभिजन च्यानलकी लोकपि्रय अभिनेत्री रतन राजपूतसँग बिबाह गर्न ५४ हजार ८ सय ६३ युवकले आबेदन गरेका छन् । यसरी आबेदन गर्ने लायक पुरुषहरुमा डाक्टर, इन्जिनियर, कविल, प्राध्यापक, बैंकर र ब्यापारीहरु छन् । भारतका बिभिन्न राज्य र बिदेशबाटसमेत रतनसँग बिबाहका लागि भारतीय पुरुषहरुले आबेदन दिएका छन् ।
भारतीय टेलिभिजन जीटीभीबाट प्रसारण हुन लागेको स्वयंबर कार्यक्रम ‘रतनका रिस्ता’मा रतनलाई दुलही बनाउने इच्छा देखाउँदै यति ठूलो संख्यामा भारतीय पुरुषहरुले आबेदन गरेका हुन् ।
बिभिन्न चरणको छनौटबाट रतनले एकजना लायक पुरुष छान्नेछिन् ।
यसअघि राखि सावन्त र राहुल महाजनले टेलिभिजन च्यानलको रियालीटी सोमार्फत आफ्नो पार्टनर छान्ने कार्यक्रम चलाएका थिए । राखीले छानेको बरसँग बिबाह गरिनन भने राहुलले बिबाह गरेपनि पछि यातना दिएको भन्दै युवतीले छाडेकी थिइन् । २० बषिर्या नायिक रतनले बिभिन्न धारावाहिक श्रृङ्खलामार्फत लाखौं दर्शकको मन जितिसकेकी छन् ।
टाइम्सअफ इन्डियासँग कुरा गर्दै रतनले आफुलाई मन पराउने सवैलाई धन्यवाद दिएकी छन् । भगवान, दर्शक र परिवारका सदस्यको आर्शिवादका कारण आफुले उपयुक्त वर भेटाउने बिश्वास ब्यक्त गरिन् ।
टीभी कार्यक्रम उत्पादक निखिल मादोकले अघिल्ला दुई कार्यक्रममा भन्दा यसमा धेरै मानिसले बिहेका लागि आबेदन गरेको बताएका छन् ।

जनेहो कोरिया ? कोरिया भाषा परीक्षाको आवेदन खुल्ला
१९ वैशाख काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जानेहरुका लागि कोरियाली भाषा परीक्षाको आवेदन खुल्ला भएको छ ।
सोमबारदेखि वैशाख २२ गतेसम्म बिहान ९ देखि साँझ ६ बजेसम्म आवेदकहरुले फारम भर्न सक्नेछन् । काठमाडौं उपत्यकाबाट फारम भर्ने व्यक्तिले ग्लोबल बैंकमा २४ अमेरिकी डलर बुझाउनु पर्नेछ ।
फारम वितरणको लागि कीर्तिपुरमा रहेको ल्याबरोटरी माध्यमिक विद्यालय नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालय वनकाली गौशाला र एन्फा टेक्निकल सेन्टर च्यासल बालकुमारीमा व्यवस्था मिलाइएको छ । उपत्यका बाहिर भने रुपन्देहीकॊ बुटवल प्रदर्शनी मण्डपमा फारम भर्ने व्यवस्था मिलाइएको श्रम तथा यातायात व्यवस्था मन्त्रालय वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।
रोजगारीका लागि दक्षिण कोरिया जानेहरुलाई लक्षित गरेर आवेद फारम खोलिएको यो तेस्रोपटक हो । गत वर्ष आवेदन फाराम सङ्कलनदेखि परीक्षा साचालनसम्मको सबै जिम्मा त्रिभुवन विश्वविद्यालयलाई दिइएको भएपनि यस वर्ष नेपाल सरकार आफैले लिएको छ ।
लादेनको अन्त्येष्टि गरिएको अमेरिकीदाबी,लादेनको तस्बिर नक्कली!
अमेरिकि राष्ट्रपति वाराक ओवामाले लादेनको शव अमेरिकि सेनाको नियन्त्रणमा भएको भनिरहंदा अन्त्येष्टि गरिसकेको खवरले भने उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा फेरी चर्चा हुन थालेको छ ।
काठमाडौं, १९ वैशाख (namaste tanahun)
अमेरिकी सेनाको आक्रमणमा परि अल कायदाका नेता ओसामाविन लादेनको मृत्यु भएको छ । सन् २००१ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अमेरिकाले उनको सर्वाधिक खोजि गरेको थियो । पाकिस्तानको सिमा क्षेत्र अबोटाबादमा एकसातादेखि सुरु गरिएको अप्रेसनमा लादेनको गएराती मृत्यु भएको अमेरिकी राष्ष्ट्रपति बाराक ओवामाले घोषणा गर्नुभएको छ ।एकबर्ष अघि नै लादेन सो ईलाकामा रहेको पुष्टि भएपछि खोजविन सुरु भएको जानकारी दिदै अमेरिकी राष्ट्रपति ओवामाले आफ्नो स्वीकृतिमा त्यस क्षेत्रमा मिसाईल आक्रमण गरिएको समेत बताउनु भयो । आज बिहान सम्बोधन गर्दै ओबामाले सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणमा लादेनको प्रमुख हात रहेको दाबी गर्नु भयो । सम्बोधनका क्रममा ओवामाले आतंकका विरुद्धमा युद्ध जारी रहने बताउनुभएको छ ।
लादेनको शव अहिले अमेरिकी सेनाको नियन्त्रणमा रहेको अमेरिकी साचारमाध्यमहरुले जनाएका छन् । लादेन मारिएको खबर सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपती भबन ह्वाईट हाउस अगाडी हजारौं अमेरिकीहरु जम्मा भएर खुशीयाली मनाएका छन् । लादेनको मृत्युप्रती पूर्ब राष्ट्रपतीहरु जर्ज डब्लु बुस र बिल क्लिन्टनले खुसि ब्यक्त गर्नु भएको छ । उहाहरुले लादेनको हत्या अमेरिका सहित बिश्वकै लागी ठूलो उपलब्धी भएको प्रतिकि्रया दिनु भएको छ । क्लिन्टन र बुसले अमेरिका लादेनको हत्यासंगै आफ्नो अभियानमा सफल भएको बताउनु भएको बताइएको छ ।
यसैबिच लादेनको आजै समुद्रमा अन्त्येष्टि गरिएको छ । एक अमेरिकी अधिकारीले उनको शवलाई इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको बताएका छन् । अधिकारीले लादेनको अन्त्येष्टिको विषयमा थप विवरण नदिएको अमेरिकी समाचार माध्यामले जनाएका छन् ।
अन्त्यष्टीका क्रममा लादेनको टाउकोमा गोली हानिएकॊ दृश्य देखिएका छ । लादेनको भनिएको शवको तस्बिर केही पाकिस्तानी मिडियाले सार्वजनिक गरेका छन् । तस्बिरमा उनको टाउकोको बायाँ पट्टी गोली लागेको देखिएको छ । अमेरीकि सेनाद्धारा सार्वजनिक फोटो अनुसार मृत भनिएका ओसामाविन लादेननै भएको सर्वत्र चर्चा भइरहे पनि अमेरिकि राष्ट्रपति वाराक ओवामाले लादेनको शव अमेरिकि सेनाको नियन्त्रणमा भएको भनिरहंदा अन्त्येष्टि गरिसकेको खवरले भने उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा फेरी चर्चा हुन थालेको छ । यद्यपी अन्र्तराष्ट्रिय समाचार संस्था अलजजिराले मृत ब्यक्ती ओसामाविन लादेननै भएको र अलकायदाका केही नेताहरुले यसवारे वोल्न नचाहेको भन्ने समाचार प्रसारण गुर्नले भने लादेनको मृत्यु नै भएको पुष्टि भएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्
अल कायदाका प्रमुख" ओसामा बिन लादेन "को मृत्यु
ओसामा बिन लादेनको मृत्यूको खबरले पुरा अमेरिका खुशीले सडकमा ओर्लन थालेका छन्।
काठमाडौं, १९ बैशाख ('नमस्ते तनहुँ')
अल कायदाका प्रमुख तथा बिश्व बिख्यात आतंककारी ओसामा बिन लादेनको मृत्यू भएको छ। अमेरीकी अखवारहरूसहित अल जजिराले समेत यस खबरको पुष्टी गरेको समाचार प्राप्त भएको छ। अमेरिकी अधिकारीहरूका अनुसार ओसामा बिन लादेनको मृत्यू शरिर फेलापरेपछी उनको मृत्यू पुष्टी भएको छ। यस सम्बन्धमा ओसामा बिन लादेनको डिएनए परिक्षण गरेपछी मात्र घट्नाको पुष्टी गरेको थियो। अमेरीकी सैनिकहरूले अघिल्लो हप्ता पाकिस्तानमा अल कायदा माथी आक्रमण गर्दा ओसामा बिन लादेन मारिएका थिए। तर अमेरिकी अधिकारीहरूले यस घट्नाको पुर्ण बिश्वस्त नभएसम्म यसबारेमा कुनै समाचार निस्कन दिएका थिएनन्। अब यस घट्नाको पुर्ण सत्यता पुष्टी हुनासाथ अमेरिकी राष्ट्रपती ओबामा आफैले ओसामा बिन लादेन मारिएको पुष्टी गरेका छन्।यस सम्बन्धमा अमेरिकी राष्ट्रपती ओबामाले भर्खरै टेलिभिजन मार्फत वक्तव्य समेत दिर्इसकेका छन्। उनले आफ्नो वक्तव्यमा ओसामा बिन लादेन पाकिस्तानमा लुकेर बसेको एक बर्षदेखी थाहाँ भएतापनि उनी लुकेको वास्तविक स्थान थाँहा भएको थिएन। गत अगष्ट ६ मा ओसामा बिन लादेन रहेको ठाँउ पत्ता लगाएपछी उनी माथी हमला गर्न पाकिस्तानमा रहेको अमेरिकी टोलीलार्इ आदेश दिएको थियो। यस हमलामा पाकिस्तानको समर्थन रहेको तथा कुनै पनि अमेरिकी सेनाको हताहत भएको छैन। ओसामा बिन लादेनको मृत्यूको खबरले पुरा अमेरिका खुशीले सडकमा ओर्लन थालेका छन्। ओबामाका अनुसार ओसामा बिन लादेन कुनै इस्लामिक धार्मिक नेता नभएर एक आतंकवादी मात्र भएको समेत बताएका थिए। उनले अगाडी अमेरिका इस्लाको बिरूध्द नभएर आतंकवादको मात्र बिरोधी भएको समेत स्पष्ट पारेका थिए। ओबामाले यस घट्नाले अमेरिकाको आतंकवाद बिरूध्दको युध्दमा एक ठुलो बिजय भएको समेत बताएका छन्।
खबरका अनुसार ओसामा बिन लादेन पाकिस्तानको इस्लामाबाद नजिकै सीआईएले चलाएको एक अपरेशनको शिकार बनेको छ। उक्त अपरेशनमा लादेनका साथ उनको २० नजिकका समर्थकहरू समेत मारिएका छन्। यस घट्नालार्इ अमेरिकीहरूले ठुलो उपलव्धीका रूपमा लिएका छन्। घट्नाको पुष्टीसंगै बिश्वभर यस खबरले ठुलो तहलका मच्चाएको छ।
१० मार्च १९५७ मा सउदी अरबको रियाधको एक धनी परिवारमा जन्मेका ओसामा बिन लादेन, अल कायदा नामक आतंकी संगठन का प्रमुख हुन। उनले आतंकवादको एक नँया मिशाल कायम गर्न सफल भएका थिए। ९ सितंबर २००१ का दिन उनको संगठनले अमरीकाको न्यूयार्क शहरमा रहेको वर्ल्ड ट्रेड सेंटर भवनलार्य बिमानव्दारा ध्वस्त बनाएपछी बिश्वभर यस संगठन बारेमा चर्चा चलेको थियो। यस संगठनले बिश्वभर आतंकी गतिविधिहरू संचालन गरिरहेको छ।
अन्जानको “नजलाउ” इजरायलमा विमोचित
इजरायल । नेपाली सांगीतिक क्षेत्रका उदयीमान गायक अन्जान डल्लाकोटीले आफ्नो पहिलो सांगीतिक कोशेली “नजलाउ” संसारकै सबभन्दा होचो स्थान मध्यपूर्वको मृत सागरको किनारमा एक सांगीतिक कार्यक्रमकाबीच विमोचन गराएका छन ।इजरायलको तेल अभिभमा भएको नया बर्षको कार्यक्रमको केही दिनपछि अप्रिल २४ तारिख आइतबार संसारकै होचो भूभाग मृतसागरमा पुगेका उनले त्यहीँ उपस्थित भएका सैयौं दर्शकहरुबीच पहिलो एल्वम विमोचन भएको घोषणा गरेका हुन् ।
२१ बर्षका यी गायकले सोह्र बर्षकै उमेरमा ‘शायद गल्ती’ बोलको गीत रेकर्ड गराएका थिए । म्युजिक मेनिया ईन्टरटेनमेन्टको प्रस्तुति रहेको, पप रयाप र रोमान्चक, सेन्तिमेंटल सबै प्रकारका स्वाद रहेको यो सांगीतिक एल्वममा उनको एउटा आफ्नै शिर्ष गीत ‘नजलाउ’को रिमिक्स सहित सात वटा सुमधुर गीतहरु रहेका छन ।
नयाँ बर्षको उपलक्ष्यमा इजरायलमा आयोजित कार्कक्रममा जिरे खुर्सानी साँझका लागि नेपालबाट आएका जिरेखुर्सानीका कलाकारद्वय किरणकुमार केसी र शिवहरि पौडेलसँगै डल्लाकोटी यहाँ आएका हुन् । सांस्कृतिका कार्यक्रममा भाग लिगेपछि उनले इजरायलका अन्य बिभिन्न शहरहरुमा सांगीतिक प्रस्तुति देखाएर दर्शकहरुलाई पनि नचाएका थिए ।
तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-
8:29 AM
namaste Tanahun