WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

लिबियाबाट फर्किएका नेपालीलाई राहात प्याकेज

बैदेशिक रोजगार ब्यवसायि संघका अध्यक्ष प्रेमबहादुर कटुवालले लिबिया बाट फर्केका नेपालीलाई राहात प्याकेजका सम्बन्धमा नेपाल सरकारसँग छलफल भैरहेको बताउनु भएको छ । लिबियाबाट फर्केका नेपालीको अवस्थाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले लिबिया बाट फर्केका नेपलीसँग भएको लिबियन डलर सटहिको ब्यवस्था मिलाउन पनि नेपाल सरकार सँग माग गर्नुभयो ।
यसैगरी, मध्य पूर्वमा समेत राजनैतिक संकटदेखापरेकोले भबिष्यमा आउन सक्ने जोखिम बाट बच्नका लागि नेपाल सरकारले त्यहाँ रहेका नेपालीको उद्धारका लागि तत्काल स्पष्ट नीति बनाउन उहाँले सरकारसँग माग गर्नुभयो । लिवियामा अलपत्र १ हजार ७ सय ५२ नेपाली मध्ये १ हजार ७ सय ४७ जना शकुशल नेपाल फिर्ता भएका छन ,भने बाँकि ५ जना अझै लिबियामै रहेको बताईएको छ । ति मध्ये २ जना भोलि सम्ममा नेपाल आउने र अन्य ३ जना भने नेपाल फिर्ता भएपछि नेपाल सरकारले रोजगारिको ग्यारेण्टि गरेमात्रै फिर्ता हुने बताएपछि उनिहरुलाई फर्काउन अफ्ठ्यारो भएको बताईएको छ ।
लिबियामा संर्घष चर्किएपछि त्यहाँ रहेका नेपालीको उद्धार गर्न फरेन इम्प्लोयमेन्ट एसोसियसनका सचिव नवराज के.सीको नेतृत्वमा लिविया गएको टोलिले त्यहा रहेका नेपालीलाई सकुशल उद्धार गरेको हो । के.सिले लिवियामा रहँदा त्रिपोलि र म्रि्रौटा बाट उद्धार गर्न कठिनाई उत्पन्न भएपनि अन्त्यमा आफूहरु सफल भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै जस्मिनर् इन्टरनेशनलका निर्द्धेशक कपिल मणि उप्रेतिले उद्धार कार्यमा आई.ओ .एमले सहयोग गरेको बताउनुहुँदै लिविया बाट फर्केका नेपाली मध्ये आधा बढिको राहादानि नभएकाले अबिलम्ब राहादानिको ब्यवस्था गर्न समेत नेपाल सरकार सँग माग गर्नुभएको छ ।

0 comments:

Post a Comment

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor