काठमाडौ चैत । खाडी मुलुक बहराइनमा दूतावास नहुँदा त्यहाँ मृत्यु भएका दुई नेपाली कामदारको शव नेपाल ल्याउन समस्या भएको छ । लमजुङगका देऊबहादुर गुरुङगको मार्च ८ र म्याग्दीका टिका खड्काको मार्च १२ मा हृदयघातबाट मृत्यु भएको थियो । मृतकका परिवार तथा आफन्तजनले शब नेपाल ल्याईदिन बहराईनस्थित नेपाली संघसंस्था र गैरआवासीय नेपाली संघलाई अनुरोध गरेपनि बहराइन हेर्ने दूतावास नहुँदा शब नेपाल ल्याउने प्रकि्रया अगाडी बढन सकेको छैन् ।
यसअघि साउदी अरेबियास्थित दूतावासले बहराइन हेर्ने गरेको भए पनि केही दिनअघिमात्र बसेको मन्त्रीपिरÈदले कतारस्थित दूतावासलाई बहराईन हेर्ने जिम्मेवारी दिएपछि बहराइनसँगको नेपालको सिधा सम्पर्क टुटेको छ ।
यसैवीच बहराइनमा चकिर्एको आन्दोलनका कारण्ँ नेपालीहरु समस्यामा पर्न थालेका छन् । आइतवारबाट मुख्य सडक बिद्यालय बजार निजी कार्यलय पूण्र्ँरुपमा बन्द छन भने बजार सुनसान भएको छ ।
उद्यॊगधन्दा बन्द रहेकाले नेपाली कामदारहरु कम्पनीकै होष्टलमा बसिरहेको बताइएको छ । बहराइनमा ३५ हजार नेपाली कार्यरत छन ।
6:40 AM
namaste Tanahun


0 comments:
Post a Comment