WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

नेपाल:भूकम्पले अस्पताल नै लड्नेछन्

काठमाडौं, चैत  - भूकम्पको जोखिमबाट बच्न विज्ञहरूले उपत्यकामा ठूलो क्षमताको आपतकालीन स्वास्थ्य सेवा माग गरिरहेकै बेला यहाँका अस्पताल भने आफैं लड्ने स्थितिमा छन्। एक सातायताको परीक्षणमा सात रेक्टर स्केलभन्दा ठूलो भूकम्प गए मुलुककै सबैभन्दा ठूलो वीर अस्पतालका ८० प्रतिशतभन्दा बढी भौतिक संरचना ध्वस्त हुने प्राविधिकहरूले औंल्याएका छन्।
परीक्षणले काठमाडौंका १४ अस्पतालमा सात वर्षअघि गरिएको प्राविधिक अध्ययनमा जुन रिपोर्ट सार्वजनिक भएको थियो त्यसमा कुनै सुधार नआएको देखाएको छ। विश्व स्वास्थ्य संगठन र भुकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)ले संयुक्त रुपमा गरेको उक्त अध्ययन अनुसार पाटन, कान्ति, सैनिक, प्रहरी, प्रसुती गृह जस्ता पुराना भवन रहेका अस्पतालहरु सबैलाई खतराको घेराभित्र राखिएको छ।
अध्ययनमा संलग्न एनसेटका इञ्जिनियर रमेश गुरागाइँका अनुसार ७ देखि ८ रेक्टर स्केलको भुइचालो जाने हो भने उपत्यकाका घरहरुको अहिलेको अवस्थामा कम्तीमा एक लाखको मृत्यु हुने स्थिती छ। त्यसैगरि कम्तीमा तीनदेखि पाँच लाख घाइते हुने उनीहरुको पूर्वानुमान छ।
जबकि, उपत्यकाभरकै अस्पतालमा अहिलेकै अवस्थामा पनि केवल दुई देखि तीन हजार जनालाई मात्र आकस्मिक उपचार सेवा दिनसकिने क्षमता छ। भुकम्पका बेला अस्पताल स्वयं पीडित भए यो क्षमता झनै घट्न पुग्ने स्पष्ट छ।
'जोखिम न्यूनीकरणका लागि थप तयारी र सावधानी नअपनाउने हो भने, अहिलेकै अवस्थामा अस्पताल आफै गम्भीर घाइते बन्छ,' वीर अस्पतालका निर्देशक डा.बुलन्द थापा भन्छन्,, 'त्यतिबेला घाइते र विरामीको व्यवस्थापन गर्ने कि, अस्पतालको?'
इन्जिनियर गुरागाईका अनुसार ठूलो भुइँचालो आएमा मुलुकका ८० प्रतिशत ठूला अस्पताल स्वयं काम गर्नसक्ने अवस्थामा रहने छैनन्।
घाइतेको उपचार गर्ने अस्पतालको भौतिक संरचना, अभौतिक संरचना र सेवा दिनसक्ने क्षमताका आधारमा पूर्वतयारी हुनुपर्ने डा. थापा बताउछन्।
पछिल्ला दिनमा विपद व्यवस्थापन लागि वीर अस्पताललाई तयारी अवस्थामा राख्न सक्दो सक्रियता थालिसकेको उनी बताउछन्। एक सातायता वीर अस्पतालको पुराना भवनलाई दिन सकिने टेवाको अध्ययन सुरु गरिएको छ।
'त्यसका आधारमा प्रस्तावना लेख्न समेत भनिसकेको छु,' डा.थापाले भने, 'विश्व स्वास्थ्य संगठन, वेलायति सहयोग नियोगलगायतका थुपै्र अन्तराष्ट्रिय दातृ संस्थाहरु वीरको संरचना मजबुत बनाउन सहयोगका लागि तयार भइसकेका छन्।'

0 comments:

Post a Comment

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor