वैशाख, काठमाडौं । अमेरिकाले माओवादीलाई आतंककारीको सूचीबाट हटाउन शान्तिप्रक्रिया पूरा हुनु पर्ने सर्त राखेको छ । माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग शुक्रबार भएको भेटमा अमेरिकी राजदूत स्कट् एच डेलिसीले शान्तिप्रक्रियाको पूर्णतासँगै माओवादीलाई आतंककारीको सूचीबाट हटाउने जानकारी दिनुभयो । शान्तिप्रक्रियाको पूर्णतालाई घुमाउरो भाषामा सर्तका रुपमा अघि सार्दै राजदूत डेलिसीले भन्नुभयो-’शान्ति प्रक्रिया पूरा भएको भए माओवादीलाई आतंककारी सूचिबाट हटाउन सजिलो हुने थियो ।’
माओवादीले शान्ति र संविधान निर्माणमा निर्णयक पहल गर्ने प्रस्तावलाई पारित गरेकोमा स्वागत गर्दै राजदूत डेलिसीले कसरी कार्यान्वयन हुन्छ भनेर भट्टराई समक्ष जिज्ञासा राख्नुभएको थियो ।
जवाफमा भट्टराईले शान्तिप्रक्रियालाई पूर्णता दिई संविधान निर्माण गर्न माओवादीले तत्कालै सहकर्मी दलसँग वार्ता प्रक्रिया थाल्ने बताएको उहाँका निजी सचिव विश्वदीप पाण्डेले जानकारी दिनुभयो । राजदूत डेलिसिले अमेरिका माओवादीसँग पूर्वाग्रही नरहेको जनाउँदै नेपालका अन्य राजनीतिक दलसँगजस्तै माओवादीसँग पनि समान ब्यबहार गरिने बताउनुभयो । सो अबसरमा उपाध्यक्ष डा. भट्टराईले चीन, भारत र अमेरिकासँगको सम्बन्ध नेपालका लागि महत्वपूर्ण हुने भन्दै शान्ति प्रकृया र संबिधान निर्माणसँगै यी मुलुकहरुसंग सम्बन्ध विस्तारका लागि माओवादीले पहल गर्ने बताउनुभयो । राजदूत डेलिसीले नेपालको शान्ति प्रकृयामा अमेरिकाको सकरात्मक सहयोग आबश्यक रहे सहयोगीको भूमिका निर्वाह गर्न तयार रहेको प्रस्ताव गर्नुभएको थियो ।
भट्टराई निवास सानेपामा भएको भेटमा अमेरिकी राजदूत डेलिसीले शान्ति प्रक्रियाले छिट्टै पूर्णता पाउनेमा अमेरिका विश्वस्त रहेको बताउनुभएको थियो ।
11:25 AM
namaste Tanahun


0 comments:
Post a Comment