
7:18 AM

namaste Tanahun
No comments
पोखरा ११ बैशाख । नेपाली काङ्ग्रेसले राष्ट्रिय जागरण शान्ति अभियान अन्तरगत लोकतन्त्र दिवसको अवसर पारेर आज पोखरामा बृहत आमसभा गर्दैछ । सभालाई सम्बोधन गर्न काङ्ग्रेस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल हिजै पोखरा आइसक्नु भएको छ । त्यस्तै वरिष्ठ नेता शेरबहादुर देउवा महामन्त्रीद्वय प्रकाशमान िसंह र कृष्णप्रसाद सिटौला आज बिहान पोखरा पुगेका छन् । पोखराको चिप्लेढुङ्गामा हुने सभालाई काङ्ग्रेसका शीर्ष नेताहरुका साथै केन्द्रीय सदस्यहरु शेखर कोइराला धनराज गुरुङ सुरेन्द्र पाण्डे जीवन परियारलगायतले संबोधन गर्ने काङ्ग्रेस कास्की सभापति यज्ञबहादुर थापाले जानकारी दिनुभयो । सभामा गण्डकीका र धौलागिरी अाचलका ५० हजार भन्दा बढी नेता कार्यकर्ताहरुको सहभागिता रहने बताइएको छ । सभा सुरु हुनुअघि पोखराको सभागृह चोकबाट नारा जुलुससहित र् याली निस्केर चिप्लेढुङ्गा पुग्ने कार्यक्रम छ ।
तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-
0 comments:
Post a Comment