दोहा । कतारको दोहास्थित नेपाली राजदूतावासले आइतबार एक समारोहकाबीच पाँचौ लोकतन्त्र दिवस मनाएको छ । नेपाली राजदूतावासका राजदूत डा. सूर्यनाथ मिश्रको सभापतित्व सम्पन्न समारोहमा दोहास्थित विभिन्न नेपाली सङ्घसंस्थाका पदाधिकारी, पत्रकार, लेखक,
समाजसेवीको सहभागिता थियो । समारोहमा अतिथिहरुले लोकतन्त्र स्थापना भएको पाँच वर्ष व्यतीत भैसक्दा पनि अझै संस्थागत हुन नसकेकामा चिन्ता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा राजदूत डा. मिश्रले ज्ञातअज्ञात सहिदप्रति श्रध्दाञ्जलि अर्पण गर्दै लोकतन्त्र स्थापित र सुदृढ गर्ने कार्य कुनै एक व्यक्ति वा पार्टीको मात्र नभई सारा नेपालीको दायित्व र कर्त्तव्य हो भन्नुभयो ।
हामी देश वा विदेशमा जहाँ रहे पनि सम्पूर्ण नेपाली एक जुट भएर दत्तचित्तले लागेमा असम्भव भन्ने कुरा नै नहुने उहाँले बताउनुभयो । कार्यक्रममा दूतावासका द्वितीय सचिव जयबहादुर राई र श्रम सहचारी ध्रुवप्रसाद कोइरालाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा दूतावास परिसरमा दीपावली गरिएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।

7:11 AM
namaste Tanahun

0 comments:
Post a Comment