This is featured post 1 title
Replace these every slider sentences with your featured post descriptions.Go to Blogger edit html and find these sentences.Now replace these with your own descriptions.This theme is Bloggerized by Lasantha - Premiumbloggertemplates.com.
This is featured post 2 title
Replace these every slider sentences with your featured post descriptions.Go to Blogger edit html and find these sentences.Now replace these with your own descriptions.This theme is Bloggerized by Bhola Thapa Chhetri- Tanahunkhabar.blogspot.com
This is featured post 3 title
Replace these every slider sentences with your featured post descriptions.Go to Blogger edit html and find these sentences.Now replace these with your own descriptions.This theme is Bloggerized by Lasantha - Premiumbloggertemplates.com.
भारतीयले दसगजा क्षेत्र अतिक्रमण गरे
११ वैशाख, सिरहा । सीमास्तम्भ नभएको फाइदा उठाउँदै भारतीय नागरिकले दसगजा अतिक्रमण गरी खेतीपाती गर्नुका साथै घर बनाएर बस्न थालेका छन् ।
सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट लगदी-गदियानीका अनुसार गोठ र लगदी-गदियानीमा २३१ सीमास्तम्भ भएकामा त्यसमध्ये ३४ वटा सीमास्तम्भ हराएकाले दसगजा क्षेत्र अतिक्रमणमा परेको सशस्त्र प्रहरी निरीक्षक भीम चन्दले बताउनुभयो । उक्त क्षेत्रमा जङ्गे पिलर आठवटा, सानो पिलर १२६ वटा, मर्मत गर्नुपर्ने ३९ वटा, हराएका ३४ वटा, पुरिन लागेका १६ वटा र जमिनमा ढलेका आठवटा पिलर रहेका छन् ।
२८ नम्बर सीमास्तम्भमा भारततर्फबाट दसगजा अक्रिमण गरी भारतीय नागरिक जयनारायण मुखिया, कामेश्वर मुखिया, बैजु मुखियालगायतले घरटहरा बनाएर खेतीपाती गर्दै आइरहेका छन् । पश्चिम लगदिगोठ र पूर्वमा सन्हैठा क्षेत्रअन्तर्गत नेपाल-भारत सीमा क्षेत्रमा सीमास्तम्भ २६० (३) देखि २६५ (२०) सम्म रहेको छ भने माडर खैरटोकादेखि ढाडीसम्म ३६२ वटा सीमास्तम्भ रहेका छन् । जसमध्ये २३१ वटा सीमास्तम्भ लगदिगदियानी क्षेत्रमा मात्र रहेका छन् ।
भारतीय नागरिकद्वारा दसगजा क्षेत्र अतिक्रमण गरी घरटहरा बनाएर खेतीपाती गर्दै आइरहेकाले उनीहरुलाई हटाउन भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग कुराकानी भइरहेको सशस्त्र प्रहरी निरीक्षक चन्दले बताउनुभयो । सिरहा जिल्लाको अति संवेदनशील तथा असुरक्षित क्षेत्र मानिएको सो ठाउँमा विशेष सुरक्षा योजना लागू भएपछि शान्तिसुरक्षा सन्तोषजनक रहेको बताइएको छ ।काङ्ग्रेसको बृहत् आमसभा आज पोखरामा

कतारमा पनि लोकतन्त्र दिवस मनाइयो
दोहा । कतारको दोहास्थित नेपाली राजदूतावासले आइतबार एक समारोहकाबीच पाँचौ लोकतन्त्र दिवस मनाएको छ । नेपाली राजदूतावासका राजदूत डा. सूर्यनाथ मिश्रको सभापतित्व सम्पन्न समारोहमा दोहास्थित विभिन्न नेपाली सङ्घसंस्थाका पदाधिकारी, पत्रकार, लेखक,
समाजसेवीको सहभागिता थियो । समारोहमा अतिथिहरुले लोकतन्त्र स्थापना भएको पाँच वर्ष व्यतीत भैसक्दा पनि अझै संस्थागत हुन नसकेकामा चिन्ता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा राजदूत डा. मिश्रले ज्ञातअज्ञात सहिदप्रति श्रध्दाञ्जलि अर्पण गर्दै लोकतन्त्र स्थापित र सुदृढ गर्ने कार्य कुनै एक व्यक्ति वा पार्टीको मात्र नभई सारा नेपालीको दायित्व र कर्त्तव्य हो भन्नुभयो ।
हामी देश वा विदेशमा जहाँ रहे पनि सम्पूर्ण नेपाली एक जुट भएर दत्तचित्तले लागेमा असम्भव भन्ने कुरा नै नहुने उहाँले बताउनुभयो । कार्यक्रममा दूतावासका द्वितीय सचिव जयबहादुर राई र श्रम सहचारी ध्रुवप्रसाद कोइरालाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा दूतावास परिसरमा दीपावली गरिएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।

माओवादी प्रजातान्त्रिक हुनुपर्छ सरकार म दिन्छु-गगन थापा
लोकतन्त्रका आधारभुत सिद्धान्त समावेश नभएसम्म संविधान बनउनुको कुनै औचित्य नरहेको बताएका छन ।
काठमाडौं, १२ बैशाख
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम युवा नेता गगन थापाले लोकतन्त्रका आधारभुत सिद्धान्त समावेश नभएसम्म संविधान बनउनुको कुनै औचित्य नरहेको बताएका छन । लोकतन्त्र दिवशको अवसरमा भएको कार्यक्रममा सभाषद समेत रहेका थापाले माओवादी लोकतन्त्र प्रति प्रतिवद्ध नभएसम्म लोकतन्त्र संस्थागत हुन नसक्ने आरोप लागाउनुभएको छ । उनले माओवादी प्रजातन्त्र प्रति प्रतिवद्ध हुन्छ भने कांग्रेस भित्र जसरी भए पनि माओबादीको नेतृत्व स्वीकार्ने सक्न्ने बातावराण बनाउन आफु लागि पर्ने बताएकाछन । माओवादी भित्र अहिले भइरहेको शान्ति र संविधान बारकॊ भएको बहस सकारात्मक भएपनि त्यसलाई प्रचण्डले तत्कालीन कार्यदिशा मात्र भनेकोले पूर्ण विश्वास गर्न सकिने बातावरण नभएको बताएकाछन ।सत्यसाई वावाको ८४ वर्षको उमेरमा आज निधन
पुर्नजन्मका विश्वासी उहाँका अनुयायीहरुले उहाँलाई सिरडी साईबाबाको अवतारको रुपमा लिनेगरेका छन् ।
काठमाडौं, ११ वैशाख
चर्चित आध्यात्मिक गुरु सत्यसाई बाबाको आज विहान निधन भएको छ । एक महिना अघि देखी उपचारको क्रममा रहनुभएका सत्यसाई वावाको आज विहान भारतिय समय अनुसार ७ बजेर चालिस मिनेट जाँदा निधन भएको हो । मुटुको गंभिर समस्याले गर्दा सघन उपचारकक्षमा भारतको आन्ध्र प्रदेशस्थित पुट्टापर्थीमा रहेको आफ्नै आश्रमको अस्पतालमा उपचार गराईरहनु भएका सत्य साई को ८४ वर्षको उमेरमा आज निधन भएको हो । धार्मिक गुरु एवं देवताको अवतारको रुपमा पुिजंदै आउनुभएका साईवावाको निधनको खबरबाट सोकाकुल उहाँका अनुयायीहरुको सो अस्पतालमा ठूलो भिड लागेको छ । अहिले अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको भारतिय संचार माध्यमहरुले जनाएका छन् । उहाँको जन्म सन् १९२६ नोभेम्बर २३ तारिखका दिन भारतको पुट्टापर्थिमा भएको थियो । उहाँको बाल्यकालको नाम सत्य नारायण राजु हो । पुर्नजन्मका विश्वासी उहाँका अनुयायीहरुले उहाँलाई सिरडी साईबाबाको अवतारको रुपमा लिनेगरेका छन् । साईवावाको पसर्िमात्र हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने सत्यसाई केन्द्रले जनाएको छ ।
तनहुँ;चित्रेभाज्याङलाई पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड
दमौली,५ वैशाख ।
तनहुँको दक्षिणी सिमानामा पर्ने स्याङ्जाको चित्रेभाज्याङलाई पर्यटकीयस्थलको रुपमा विकास गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।वीर भक्ति थापाको १९३ औँ स्मृति दिवस तथा राष्ट्रिय विभूति स्मृति प्रतिष्ठानको १० औँ वार्षिकोत्सवको अवसरमा आइतबार यहाँ आयोजित अन्तकिर््रयामा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । प्राध्यापक कुलप्रसाद खनालले चित्रेभाज्याङ पर्यटकीय सम्भावना बोकेको महत्वपूर्ण स्थान भएकोले यसको आवश्यक प्रचारप्रसारका लागि सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा विमलनगर सिद्ध गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठ पत्रकार विश्वबन्धु भण्डारी भाज्याङ पब्लिकेसनका अध्यक्ष मुरलीमोहन काफ्ले मनोरथ शर्मालगायतले चित्रेभाज्याङलाई पर्यटकीय गन्तव्य बनाउन सबै जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो

तनहुँ:क्याम्पस ‘नो मोबाइल जोन'!
![]() |
| नो मोबाएल ल |
शैक्षिक गुणस्तर बृद्धिका लागि विद्यार्थीको सक्रियतामा गठित ‘गुणस्तर व्यवस्थापन वृत्त' क्याम्पसलाई बिहान ६ बजेदेखि १० बजेसम्म ‘नो मोबाइल जोन' घोषणा गरेका हुन्।
‘पढाइको समयमा शिक्षक-विद्यार्थीले मोबाइलमा कुरा गर्दा शैक्षिक वातावरण प्रभावित भयो,' वृत्तका सदस्य पवन पौडेलले भने, ‘सबै विद्यार्थीबाट मोबाइल निषेधित क्षेत्र घोषणा गर्ने राय भएपछि नो मोबाइल जोन घोषणा गर्यौ।' मोबाइल फोन प्रतिबन्ध लगाएपछि क्याम्पसको शैक्षिक व्यवस्थापनमा सुधार आउने उनले आशा गरे। वृत्तको बैठकले बुधबार क्याम्पसलाई मोबाइल प्रतिबन्ध क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। वृत्तको निर्णयलाई क्याम्पस सहायक प्रमुख रघुराज काफ्लेले घोषणा गरेका थिए। नो मोबाइल जोनको घोषणालाई क्याम्पसका विद्यार्थीले ताली बजाएर समर्थन गरेका थिए।
शिक्षक र विद्यार्थीले कक्षाकोठामा मोबाइल साइलेन्स राख्नुपर्ने र अति आवश्यक परे क्याम्पसबाहिर गएर प्रयोग गर्नुपर्ने काफ्लेले बताए। मोबाइल फोन प्रयोग भए/नभएको वृृत्तले अनुगमन गर्ने छ। स्नातकोत्तरसम्म पढाइ हुँदै आएको क्याम्पसमा १३ सय विद्यार्थी अध्ययनरत छन्।
विद्यार्थीबाट आएको ‘नो मोबाइल जोन'को अवधारणाले क्याम्पसको स्तर बृद्धिमा टेवा पुग्ने क्याम्पस प्रमुख बैकुन्ठ न्यौपानेले बताए। ‘हामी क्याम्पसको स्तर बृद्धिको अभियानमा जुटिरहेका छौं,' उनले भने, ‘नो मोबाइल जोनको अवधारणाले हामीलाई समेत हौसाएको छ।' प्रतिबन्ध लगाएको समयमा कसैले मोबाइल फोन प्रयोग गरे १० रुपैयाँ जरिवाना तिनुपर्ने
ट्रक त्रिशुलीमा खस्यो, बालिकाको मृत्यु
तनहुँ, वैशाख - पृथ्वी राजमार्ग अर्न्तगत धादिङको पिडा गाविसमा बुधबार दिउँसो ट्रक त्रिशुलीमा खस्दाँ एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परी ४ जना घाइते भएका छन्।
काठमाडौबाट धादिङको मलेखुका लागि छुटेको ना ३ ख ५६२६ नम्बरको ट्रक सडकबाट ५० मिटर तल नदीमा खस्दा धादिङ मलेखुकी दुई बर्षिया प्रशंसा सेढाईको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
दुर्घटनामा परी घाइते भएका चार जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी मंगलबार धादिङको ज्यामिरेघाटबाट त्रिशुली नदीमा खसेको कारको अवस्था अझै खुल्न सकेको छैन्। नदीमा बेपत्ता कारको खोजी कार्य भइरहेको धादिङ प्रहरीले जनाएको छ।

तनहुँमा सात हजार मेट्रिक टन अदुवा उत्पादन
११ वैशाख, तनहुँ । तनहुँमा यसवर्ष सात हजार चार सय ७५ मेटि्रक टन अदुवा उत्पादन भएको छ ।जिल्ला कृषि विकास कार्यालय तनहुँले गत वर्षको तुलनामा यसवर्ष अदुवा उत्पादन बढेको जनाएको छ । गत वर्ष सात हजार २१ मेटि्रक टन अदुवा उत्पादन भएको थियो ।
जिल्लाका बैदी, कोटा, भिरकोट, रिसिङ, राम्झाकोटलगायतका करिब एक दर्जन गाविस अदुवा खेतीका लागि पकेट क्षेत्र मानिन्छन् । जिल्लामा उत्पादन भएका अदुवा करिब ७० प्रतिशत बाहिरी देशमा निर्यात हुने गरेको सो कार्यालयले जनाएको छ ।
अन्य खेतीको तुलनामा अदुवाखेती गर्न सजिलो, बढी मिहिनेत नपर्ने र मूल्य पनि राम्रै पाइने भएपछि अधिकाँश कृषक यसखेतीतर्फ आर्कषित हुन थालेको सो कार्यालयले जनाएको छ । अदुवा प्रति धार्नी रु चार सयसम्म बिक्री हुने गरेको बताइएको छ ।बेलायतको सांगीतिक कार्यक्रममा गएका १० नेपाली कलाकार फरार
आयोजक संस्थाको तर्फबाट नेपाली कलाकारलाई विमानस्थलमा लिन जाँदा उनीहरु त्यहाँ नभटिए पछि फरार भएको बताए ।
काठमाडौं, १६ बैशाख (namaste tanahun)
बेलायतको सांगीतिक कार्यक्रममा भाग लिन गएका १० नेपाली कलाकार हिथ्रो बिमानस्थलबाटै गाएब भएका छन् । बेलायतको सागीतिक कार्यक्रममा कर्नवाल ईन्टरनेशनल मेल भ्वाईस कोरल फेस्टिभलमा सहभागी हुन गएका नेपाली गायक गायिका तथा संगीतकार हिथ्रो विमानस्थलबाट सम्पर्कबिहीन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । नेपाली कलाकार भागेको समाचार प्रतिष्ठित बेलायती पत्रिका द गार्जीयन डेली मिरर र बीबीसीले समेत प्राथमिकताका साथ प्रकाशन प्रशारण गरेका छन् । बीबीसी अनलाईनमा सार्वजनिक समाचारअनुसार आयोजक संस्थाको तर्फबाट नेपाली कलाकारलाई विमानस्थलमा लिन जाँदा उनीहरु त्यहाँ नभटिए पछि फरार भएको बताएका छन । ११ देशका ६० कलाकार सहभागी हुने फेस्टिबलमा नेपालको तर्फबाट लक्ष्मण शेषको नेतृत्वमा नेपालय लोक कला मंचका कलाकारहरु सहभागी भएका थिए ।
तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-
7:25 AM
namaste Tanahun