
11:51 AM

namaste Tanahun
No comments
तनहुँ, चैत १६- निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत आफ्नो
जिल्लाको विकासका लागि संसदमार्फत् पठाइएको रकम तनहुँकी सभासदले स्याङ्जामा खर्च गरेकी छिन्। नेकपा एमालेबाट समानुपातिकतर्फकी सभासद हसिना बेगमले निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० लाख रुपियाँ माइती जिल्ला स्याङ्जा पठाएकी हुन्।
आर्थिक वर्ष ०६७/६८ का लागि आएको १० लाख रुपियाँ उनले स्याङ्जाका विभिन्न मदरसा, मस्जिद, आमा समूह र एक विद्यालयलाई छुट्टाएको जिल्ला विकास समिति स्याङ्जाले जनाएको छ। बेगमले ६ मदरसा विद्यालयका लागि ५ लाख ५० हजार, दुई मुस्लिम आमा समूहलाई २ लाख ८५ हजार र फूलबारी प्राथमिक विद्यालयलाई ५० हजार रुपियाँको योजना कार्यक्रममा उल्लेख भएको जिल्ला विकास समिति स्याङ्जाका बुद्धिप्रसाद रेग्मीले बताए। बेगमले प्रशासनिक खर्चका लागि ५० हजार, प्राविधिक खर्चका लागि १५ हजार छुट्टाए पनि ५० हजारको योजना भने अहिलेसम्म तोकेकी छैनन्।
योजना निर्धारण भए पनि सहयोगीको अभावमा योजनाका काम भने अघि नबढेको रेग्मीले बताए। उनले भने- सहयोगी नतोकिएका कारण अहिलेसम्म काम अगाडि बढेको छैन। निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसदलाई प्राप्त १० लाख रुपियाँ उनका सहयोगीको सिफारिसमा जिल्लाका योजनामा खर्च गरिने प्रावधान छ।
स्याङ्जा जिल्लाका मुस्लिम अगुवाहरुको अनुरोधमा आफूले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट स्याङ्जामा लगानी गरेको बेगमले बताइन्। उनले भनिन्- यसअघिको बजेट तनहुँमा ल्याएकी थिएँ, अबका वर्षको बजेट पनि तनहुँमै ल्याउँछु। उनले सांसदले आफूले पाउने बजेट खर्च गर्न तीन वटासम्म जिल्ला रोज्न पाउने प्रावधान रहेको दाबी गरिन्। निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधिमा सांसदले संसद सचिवालयमा बुझाएको जिल्लामा मात्र बजेट रकम खर्च गर्न पाउने व्यवस्था छ।
तनहुँकी सभासदले विकास बजेट स्याङ्जा पठाउँदा जिल्लाबासीलाई अन्याय भएको नेकपा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देलले बताए। 'त्यो बजेट तनहुँमै खर्च गर्न धेरै अनुरोध गरियो तर उहाँले मान्नुभएन', सिग्देलले भने- तनहुँमा विकास निर्माणका कार्य गर्न धेरै नै बाँकी छ तर उहाँले आफूले प्रतिनिधित्व गरेको जिल्लालाई बेवास्ता गर्नुभयो।
तनहुँको क्षेत्र नं. ३ अन्तर्गतको दुलेगौडा बजार नजिकै घुम्तीमा चुरा पसल सञ्चालन गर्दै आएकी बेगमलाई नेकपा एमाले तनहुँको सिफारिसका आधारमा एमाले केन्द्रीय कमिटीले समानुपातिक सभासदमा छनोट गरेको हो।

3:13 AM

namaste Tanahun
No comments
तनहुँ,29 चैत । आफू सुतेको ओछ्यानमा आइतबार राति अचानक आगालागी हुँदा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ ।व्यास नगरपालिका-१० बीसघरेस्थित पाटीमा लामो समयदेखि बस्दै आएकी नाम ठेगाना खुल्न नसकेकी ६०÷६५ वर्षकी वृद्धाको सुतेको ओछ्यानमा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।साँझपख मैनबत्ती बालेर सुत्नेक्रममा मैनबत्ती ढलेर आगो लागेको हुनसक्ने स्थानीय बासिन्दाले बताएका छन् ।

3:11 AM

namaste Tanahun
No comments
तनहुँ, चैत २९- तनहुँ गजरकोट ५, पुट्टारका खड्गबहादुर विश्वकर्माले रकम पाएका छन्। हिमाल रेमिटका सौरभ बजगाईँले मुक्तिनाथ मनि ट्रान्सफरको कार्यालयमा विश्वकर्मालाई रकम बुझाएका हुन्।
दुबईमा कार्यरत खड्गका छोरा पद्म विश्वकर्माले चैत ३ गते खड्गबहादुरको नाममा पठाएको ५९ हजार ४० रुपैयाँ गाउँकै होमनाथ ढकालले नक्कली नागरिकताको प्रमाण पत्र बुझाएर रेमिटान्सबाट निकालेका थिए।
रकम ठगीमा संलग्न होमनाथ ढकाल अहिले प्रहरी नियन्त्रणमा छन्। आरोपी ढकालबाट रकम असुली गरेर आफूले लिने गरी पीडित खड्गबहादुरलाई रकम बुझाएको दमौलीस्थित मुक्तिनाथ मनी ट्रान्सफरका सञ्चालक प्रेम श्रेष्ठले बताए। उनले भने, ‘पीडितलाई राहत दिनका लागि रकम भुक्तानी दिएका हौं।'
एमालेका नेताहरुको रोहवरमा विश्वकर्मालाई रकम प्रदान गरिएको हिमाल सौरव बजगाईले बताए। गाउँको एमाले र कांग्रेसबीचको पुरानो विवादलाई लिएर ठगीको घटनामा समेत एमालेका जिल्ला नेताहरुले राजनीतिकरण गरेका थिए। खड्ग बहादुर विश्वकर्मा र उनका जेठा छोरा गणेश केही दिनदेखी दमौलीस्थित एमाले पार्टी कार्यालयमा बस्दै आएका छन्।

12:06 PM

namaste Tanahun
No comments
बोष्टन । जापानको भुकम्प तथा सुनामी पिडितहरुको लागि आर्थिक सहयोग जुटाउन नेपाली खबर पाक्षिकको अमेरिकाको बोष्टनमा एक सांस्कृतिक कार्यक्र आयेजना गरेकोछ ।
अप्रिल ११ सोमवारका दिन भएको ‘वोष्टन कल्चरल नाइट’ नामक सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित व्याण्ड कर्मा व्याण्डले लाइभ कन्र्सट देखाएको थिए ।
भने पुराना प्रसिद्व पप गायक भिम तुलाधर, राम श्रेष्ठ, सहदेव बानिया, विश्वराज चौलागाई लगायत स्थानिय कलाकारहरुले गीत संगित तथा नृत्य प्रस्तुत गरेका थिए ।
‘अरुको दुःख नै आफ्नो दुःख सम्झनु मानवीयता हो’ भन्ने भावनालाई महसूस गरी कार्यक्रम आयोजना गरिएको नेपाली खबरका अध्यक्ष विजय तामाङले बताउनु भयो ।
नेपाली युवाहरुको मन जित्न सफल कर्मा व्याण्ड लगायतका टोली भिजिट नेपाल २०११ को प्रचार प्रसार गर्ने सिलसिलामा अमेरिकाको विभिन्न शहरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिरहेको छ ।
सांस्कृति कार्यक्रमका झलकहरु ।


5:52 AM

namaste Tanahun
No comments
नेपाली नयाँ बर्ष २०६८ को उपलक्ष्यमा
इजरायलको तेल अभिभमा नेपाल टेलिभिजनका चर्चीत हास्य टेलिशृंखला जिरे खुर्सानीका कलाकार शिवहरी पौडेल र किरण कुमार केसी तथा नवोदित गायक अन्जान डल्लाकोटीका साथमा एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मेरोसंदेश डट कमद्वारा आयोजित हास्य व्यंग्य, गीत सङ्गीत नृत्य लगायत विविध मनोरन्जनात्मक सांस्कृतिक प्रस्तुति रहेको सो कार्यक्रममा स्थानीय कलाकारहरुको पनि उत्तिकै सहभागिता रहेको थियो ।

नयाँ बर्षको शुभकामना आदान प्रदान संगै अत्यन्त हर्षोल्लास पूर्ण वातावरणमा सम्पन्न सो कार्यक्रममा नेपाली दुतावास इजरायलका राजदुतज्यु, इजरायलस्थित नेपाली तथा विदेशी संघ संस्थाका प्रतिनिधि तथा विभिन्न क्षेत्रका समाजसेवीहरुको उपस्थिति रहेको थियो, यद्यपि कार्यक्रम भने नितान्त अनौपचारिक ढंगबाट संचालन गरियो ।
शिवहरी पौडेल र किरण केसीको जीवन्त र समसामयिक हास्यव्यंग्य प्रस्तुतिले दर्शकलाई पेट मिची मिची हसाएको थियो भने कलाकार किरण केसीले भने आफ्नो सुमधुर स्वरमा गीत पनि उत्तिकै बेजोड गएर दर्शकहरुलाई नचाए । भर्खर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो पहिलो कोशेली ” नजलाउ ” लिएर नेपाल देखि आएका नवोदित गायक अन्जान डल्लाकोटी तथा हेम उप्रेती, कविता क्षेत्री, स्यानु खड्गी र ओम प्रसाई लगायतका स्थानीय कलाकारहरुको प्रस्तुति पनि कार्यक्रमको आकर्षक पक्ष रह्यो ।

5:22 AM

namaste Tanahun
No comments
पोखरा, वैशाख ५-
तपाईलाई कन्डम किन्न औषधि पसलसम्म जान लाज लाग्छ? त्यसो हो भने अब चिन्ता नगर्नुस्। इन्टरनेटमा एक क्लिक मात्र गर्नुस्, तपाईको घरसम्मै कन्डम आइपुग्नेछ।
विभिन्न ब्रान्डका कन्डमसहित यौनसन्तुष्टि मेटाउने यौनखेलौना किन्न चाहनेले अब औषधिपसल र डिपार्टमेन्टल स्टोर धाउनु नपर्ने भएको छ। स्विटसेक्रेट स्टोरले तपाईको घरसम्म निःशुल्क यी सामग्री पुर्याइदिन्छ। कम्तीमा २ हजार रुपैयाँको कुनै पनि यौनसामग्री इन्टरनेटमार्फत् किन्ने ग्राहकलाई यी सामग्री घरसम्मै पुर्याउने व्यवस्था गरेको स्विटसेक्रेटका प्रमुख कार्यकारी अधिकृत प्रवीण ढकालले बताए। यौनसामग्री किन्न लजाउने र समय नहुने ग्राहकलाई सुविधा दिन निःशुल्क होमडेलिभरी व्यवस्था गरेको उनले बताए।
‘आफूलाई चाहिने सामग्री इन्टरनेटमार्फत् बुकिङ गरेपछि दिएको स्थानको आधारमा हामी घरसम्मै पुर्याइदिन्छौं,' उनले भने, ‘नजिकको सहरमा आफैं र टाढाका सहरमा कुरियरमार्फत् पठाउँछौ।' मुख्य सहरमा २ दिनभित्र र अन्य ठाउँमा ५ दिनभित्र सामग्री पठाउनसक्ने उनले बताए।
७ महिनाअघि नेपालमा विभिन्न ब्रान्डका कन्डम र चिनियाँ कम्पनीका यौनखेलौना बेच्दै आएको स्विटसेक्रेटले विदेशमा पनि आफ्ना सामग्री पुर्याउने बताएको छ। नेपालमा इन्टरनेटमार्फत यौनसामग्री बेच्ने आफूहरू पहिलो भएको उनले बताए।
ढकालले भारत, साउदी अरब, दुबइजस्ता मुलुकमा बुकिङ भएका यौनसामग्री पठाइसकेको बताए।
ढकालका अनुसार इन्टरनेटबाट सुविधा दिनथालेपछि अहिले विभिन्न ठाउँबाट ग्राहकको माग बढ्दो छ। ‘३० वर्षमाथिका महिला र पुरुष ग्राहकले बुकिङ गर्न थालेका छन्,' उनले भने।
सामानबारे ग्राहकलाई परामर्श दिन बिक्रीकक्षमा महिला र पुरुष कर्मचारी खटेका छन्। महिलाले बुकिङ गरेमा महिला कर्मचारीले परामर्श दिने तथा पुरुषले सम्पर्क गरेमा पुरुषले नै परामर्श दिने ढकालले बताए।
पोखरामा बिक्री कक्ष
स्विटसेक्रेट स्टोरले पोखराको सिर्जनाचोकमा आइतरबारदेखि नयाँ बिक्रीकक्ष संचालनमा ल्याएको छ। काठमाडौंपछि उसले खोलेको यो दोश्रो बिक्रीकक्ष हो। स्विटसेक्रेटले छिट्टै इटहरीमा तेश्रो बिक्रीकक्ष खोल्ने तयारी गरेको छ। स्विटसेक्रेट स्टोरमा अहिले १ सयभन्दा बढी प्रकारका यौनखेलौना किन्न पाइन्छ। चिनियाँ कम्पनीले उत्पादन गरेका यौनखेलौना बेच्दै आएको स्विटसेक्रेटले ७ महिनाअघि काठमाडौंमा पसल खोलेको थियो।

11:46 AM

namaste Tanahun
No comments
काठमाडौं, २ बैशाख

निर्देशक दिबाकर बनर्जीमाथी यौन शोषन गर्न खोजेको आरोप लगाएपछी एक्लिएकी पायल रोहतगीको समर्थनमा मोडलबाट अभिनेत्री बनेकी काश्मीरा शाह अगाडी आएकी छिन्। कश्मीराले बलीवुडका धेरै जसो कलाकारहरू पायलबाट पर भाग्न थालेपछी पायलको समर्थनमा उत्रीएकी छिन्।
कश्मीराका अनुसार बलीवुडको बी तथा सी ग्रे़डमा काम गर्नेहरू माथी यस्तो घट्ना घटिरहने कूरा सबैलार्इ थाँहा छ। उनले अगाडी भनिन् 'मलार्इ पायल माथी निकै दुख लागेको छ, किन भने उनले बलिउडमा दिबाकर बनर्जीको करतूतलार्इ सबैको सामु ल्याउन खोज्दा उनलार्इ अन्य कलाकारहरूबाट जून सहयोग दिनुपर्ने हो सो उनले पार्इनन्।
पायलले चलचित्र लव सेक्स और धोखाका निर्देशक दिबाकर बनर्जीमाथी उनलार्इ चलचित्रमा खेलाउनका लागि यौन शोषन गर्न खोजेको आरोप लगाएकी थिर्इन।
उता बलिउडका केही निर्देशकहरू अनुराग कश्यप तथा सुधीर मिश्राले पायलले झुठो आरोप लगाएको भन्दै निर्देशक दिबाकर बनर्जीको पक्षमा उभिएका छन्।

7:11 AM

namaste Tanahun
No comments
सिड्नी । अष्ट्रेलियामा बस्दै आएकी एक नेपाली युवातीले आत्महत्या गरेकी छिन् । अष्ट्रेलियाको राजधानी सिड्नीमा बसेर अध्ययन गर्दै आएकी नेपाली विद्यार्थी लीना चौलागाईंले आत्महत्या गरेकी हुन् ।
सिड्नीस्थित बरुडमा बस्दै आएकी चौलागाई होम्स कलेजमा ब्याचलर्स अफ बिजनेस तेस्रो सेमिष्टरमा अध्ययनरत थिईन । घटना लगत्तैसँगै बस्ने साथिले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।
उनलाई गएको चैत १३ गते साँझ वाथरुममा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला पारिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनको आत्महत्या नै भएको बताइएको छ । उक्त घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले मृतकको ल्यापटप र मोवाइल नियन्त्रणमा लिएको छ ।
मृतकको आजै सिड्नीमा हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । काठमाडौं बुद्धनगर बस्ने बुबा चेतनाथ चौलागाईं (केशव) तथा आमा जेठी चौलागाईंका दुई छोरा छन् भने छोरी उनी एक्ली थिइन ।

6:58 AM

namaste Tanahun
No comments
बेलायतको एक सफ्टवेयर कम्पनीले महिलाहरूलार्इ प्राकृतिक अवस्थामा रहेर काम गर्नका लागि आमंत्रण गरेको छ। यस बापत उनीहरूलार्इ उक्त कम्पनीले आकर्षक तलवको प्रस्ताव समेत दिएको छ। खबरका अनुसार बंकिमघाम शायरमा रहेको उक्त कम्पनीमा काम गृने यस्ता महिला कर्मचारीहरूलार्इ बार्षिक ३० लाख रुपैयाँ तलब दिनेछ। कंम्पनीका अनुसार कुनै पनि ग्राहकहरूलार्इ यस बारेमा जानकारी नहुने तथा यस्ता कर्मचारीहरूलार्इ ग्राहकहरूसंग भेट समेत गर्न भने नदिने उललेख गरेको छ। उक्त कंपनीका प्रवक्ता क्रिस टेलरका भनार्य अनुसार बिश्वको यो पहिलो जागिर हुनेछ जसमा महिलाहरूलार्इ प्राकृतिक अवस्थामा रहेर काम गर्न लगार्इने तथा यसको बदलामा आकर्षक तलब तथा सुविधा समेत दिर्इनेछ ।

2:03 AM

namaste Tanahun
No comments
काठमाडौं, चैत्र (namaste tanahun)

भारतले बिश्वकप क्रिकेट प्रतियोगितामा बिजय हासिल गरेमा नाँगिने वक्तव्य दिने पूनम पाण्डे केही दिन देखी गायव भएकी थिर्इन।
तर अहिले उनले फेरी आफ्नो वचन नतोड्ने वक्तव्य दिएकी छिन्। उनले वयस्क मानिसहरूको अगाडी नाँगिनु कुनै अपराध नभएको बताएकी छिन्।
उनले यसका लागि भारतिय क्रिकेट बोर्ड संग अनुमति मागेकी छिन्। यती मात्र नभर्इ उनले भारतमा नाँगिनु अपराध भए फ्रान्समा गएर बिश्व बिजेता टोलीको अगाडी आफु नाँगिर्इ आफ्नो वचन कुनै हालतमा पूरागर्ने वक्तव्य दिएकी छिन्।
तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-