योजना निर्धारण भए पनि सहयोगीको अभावमा योजनाका काम भने अघि नबढेको रेग्मीले बताए। उनले भने- सहयोगी नतोकिएका कारण अहिलेसम्म काम अगाडि बढेको छैन। निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसदलाई प्राप्त १० लाख रुपियाँ उनका सहयोगीको सिफारिसमा जिल्लाका योजनामा खर्च गरिने प्रावधान छ।
स्याङ्जा जिल्लाका मुस्लिम अगुवाहरुको अनुरोधमा आफूले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट स्याङ्जामा लगानी गरेको बेगमले बताइन्। उनले भनिन्- यसअघिको बजेट तनहुँमा ल्याएकी थिएँ, अबका वर्षको बजेट पनि तनहुँमै ल्याउँछु। उनले सांसदले आफूले पाउने बजेट खर्च गर्न तीन वटासम्म जिल्ला रोज्न पाउने प्रावधान रहेको दाबी गरिन्। निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधिमा सांसदले संसद सचिवालयमा बुझाएको जिल्लामा मात्र बजेट रकम खर्च गर्न पाउने व्यवस्था छ।
तनहुँकी सभासदले विकास बजेट स्याङ्जा पठाउँदा जिल्लाबासीलाई अन्याय भएको नेकपा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देलले बताए। 'त्यो बजेट तनहुँमै खर्च गर्न धेरै अनुरोध गरियो तर उहाँले मान्नुभएन', सिग्देलले भने- तनहुँमा विकास निर्माणका कार्य गर्न धेरै नै बाँकी छ तर उहाँले आफूले प्रतिनिधित्व गरेको जिल्लालाई बेवास्ता गर्नुभयो।
तनहुँको क्षेत्र नं. ३ अन्तर्गतको दुलेगौडा बजार नजिकै घुम्तीमा चुरा पसल सञ्चालन गर्दै आएकी बेगमलाई नेकपा एमाले तनहुँको सिफारिसका आधारमा एमाले केन्द्रीय कमिटीले समानुपातिक सभासदमा छनोट गरेको हो।
11:51 AM
namaste Tanahun








निर्देशक दिबाकर बनर्जीमाथी यौन शोषन गर्न खोजेको आरोप लगाएपछी एक्लिएकी पायल रोहतगीको समर्थनमा मोडलबाट अभिनेत्री बनेकी काश्मीरा शाह अगाडी आएकी छिन्। कश्मीराले बलीवुडका धेरै जसो कलाकारहरू पायलबाट पर भाग्न थालेपछी पायलको समर्थनमा उत्रीएकी छिन्। 
भारतले बिश्वकप क्रिकेट प्रतियोगितामा बिजय हासिल गरेमा नाँगिने वक्तव्य दिने पूनम पाण्डे केही दिन देखी गायव भएकी थिर्इन। तर अहिले उनले फेरी आफ्नो वचन नतोड्ने वक्तव्य दिएकी छिन्। उनले वयस्क मानिसहरूको अगाडी नाँगिनु कुनै अपराध नभएको बताएकी छिन्। 
















काठमाडौ ३ चैत । सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैदको सजाय सुनाएका पूर्व मन्त्री एवम् कांगे्रस नेता चिरििाजवी वाग्लेलाई आज प्रहरीले पक्राउ गरेको छ । बाग्लेलाई प्रहरीले उनकै कालो पुल र भत्केको पुलको विचमा रहेको घरबाटै पक्राउ गरेको हो । भ्रष्टाचारको अभियोगमा करिब ८ वर्ष अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा हिजो फैसला गर्दै सर्वोच्च अदालतले करिब डेढ वर्ष कैद तथा २ करोड ३ लाख जरिवाना र त्यत्ति नै बमोजिमको बिगो असूल गर्ने फैसला सुनाएको थियो । प्रधानन्यायाधीस रामप्रसाद श्रेष्ठ र वरिष्ठ न्यायधीश खिलप्रसाद रेग्मीको संयुक्त इजलासले त्यस्तो फैसला गरेको थियो । पटक पटक मन्त्री भएका वाग्लेले पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको र स्रोत नखुलाएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।


